यस्ता छन माया पर्दा स्वास्थ्यमा हुने अभूतपूर्व फाइदा



माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन :

छालामा चमक

मायामा पर्दा एउटा अनौठो अनुभव हुन्छ । आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ । विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ । यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ ।

डिप्रेसन जित्ने शक्ति

माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ । वैज्ञानिकहरुका अनुसार मायाले इन्ड्रोफिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पुर्याउँछ । शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पुयार्उँछ ।

रक्तचाप घटाउँछ

एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसीले विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो । सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ ।

तनाव घटाउँछ

मायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो । राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ । यसबाहेक तपाईं खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ ।

शारीरिक तन्दुरुस्ती

सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ । यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने

अहिले लामो दुरीको सम्बन्ध हुनु सामान्य कुरा हो । लामो दूरीको सम्बन्ध चलाउन कहिल्यै सजिलो हुँदैन। टाढा बस्दा माया जोगाउन