English

मियाँ गाउँको माया छैन ?



तनहुँ, भिमाद नगरपालिका–१ हुक्कास्थित मियाँ गाउँका मोहमद अलीको घर २०७२ मा आएको शक्तिशाली भूकम्पले चर्कायो । भूकम्पले चर्काएको घर निजी आवास पुनर्निर्माणका लागि सरकारले अनुदान दिने लाभग्राहीको सूचीमा परेन । भूकम्पले चर्काएको घर अहिले पनि धरापमै छ ।

भूकम्प पीडितको लाभग्राही सूचीमा पर्नलाई मोहमदले पुनरावेदनका लागि आठ हजार रुपैयाँ खर्चिए पनि उनी लाभग्राहीको सूचीमै परेनन् । बर्खामा आकाश गर्जिन थालेपछि त्रासैत्रासमा बित्यो अली परिवारको ६ वर्ष । हावाहुरी र पानी पर्दा चर्किएको घरमा बस्नलाई जोखिम भएपछि उनले नयाँ एक कोठे घर बनाउँदैछन् ।

‘दिन राम्रै हुँदा त यहीँ घरमा बस्छौँ । हावाहुरी र पानी पर्न थालेपछि बन्दै गरेको घरमा जान्छौँ‘, उनले सुनाए । अझै पनि सरकारले घर बनाउनलाई सहयोग गर्छ कि भन्ने झिनो आश रहेको उनी बताउँछन् ।

मोहमदको घरसँगै जोडिएको छ, महम्मद हक्की बुल्लाको घर । ११ जना बस्ने एक कोठे घर पनि धराप देखिन्छ । ठाउँ–ठाउँमा चर्किएको छ । गत १५ माघमा खरले छाएको छानो खसेर बुल्लाकी श्रीमती नाजिया निशा घाइते भइन् । निशाको गाउँलेले चन्दा संकलन गरेर उपचार गरियो ।

बर्खा लागेपछि त्रासैत्रास हुन्छ । अन्त जानलाई पनि ठाउँ छैन । नयाँ घर बनाउनलाई उपाय छैन, सानासाना बालबच्चा छन् । अचानक भत्कियो भने त समस्या हुन्छ । रातमा केही घटना घटेर आपत पर्ने हो कि !

त्यसपछि ऋण खोजेर छानोमा जस्ता हालेको उनले बताए । जस्ताले छाए पनि बर्खा लाग्न थालेपछि घरको भर लागेको छैन उनलाई । ‘बर्खा लागेपछि त्रासैत्रास हुन्छ । अन्त जानलाई पनि ठाउँ छैन । नयाँ घर बनाउनलाई उपाय छैन’, उनले भने । ठूलो पानी पर्दा त घरै भत्कने डरले सताउने गरेको उनी बताउँछन् । ‘सानासाना बालबच्चा छन् । अचानक भत्कियो भने त समस्या हुन्छ । रातमा केही घटना घटेर आपत पर्ने हो कि’, उनको चिन्ता छ ।

नयाँ घर बनाउनलाई सरकारसँग हारगुहार माग्न सकेका छैनन् । सरकारको पनि भर नलाग्ने उनले बताए । सरकारले दिने अनुदान लिनलाई पहुँचवाला नै हुनुपर्ने ठम्याइ छ उनको । गाउँमा भूकम्पले भत्किएका घर, जनता आवासमा परेका घरले अनुदानको रकम नपाएकाले सरकारसँग आशा नभएको बताए । ‘सरकारले घर बनाउन अनुदान दिन्छ जस्तो लाग्दैन । त्यसैले, मागेको पनि छैन’, बुल्लाले भने ।

अनुदानको आश्वासन पाएर घर बनाएका महिदिन मियाँ पनि ऋणमा डुबेका छन् । ओत लाग्ने घर त बनेको छ । तर, ऋण कसरी तिर्ने उनलाई चिन्ता थपिएको छ । जनता आवास कार्यक्रममार्फत नयाँ घर बनाउन अनुदान पाउने सूचीमा नाम परेको जनप्रतिनिधिले सुनाएका थिए । अनुदान कुर्दाकुर्दै आएन । आश पनि मरेको छैन । खरले छाएको घर जीर्ण भएर बर्खामा गर्ल्यामगुर्लुम ढल्ने धरापको स्थिति भएपछि महिदिनले नयाँ घर बनाएको झन्डै आधा वर्ष बितेको छ ।

बस्ने बास भएन भनेर घर बनाइयो । साढे तीन लाख रुपैयाँ दिन्छ भनेका थिए । आउला नि भनेर बनाए । घर बनाएको ऋण तिर्नै बाँकी छ ।

अनुदान कहिले आउँछ उनलाई पत्तो छैन । ‘बस्ने बास भएन भनेर घर बनाइयो । साढे तीन लाख रुपैयाँ दिन्छ भनेका थिए । आउला नि भनेर बनाए । घर बनाएको ऋण तिर्नै बाँकी छ । कामदारलाइ पनि दिन बाँकी छ’, अगाडि थप्दै भन्छन्, ‘वडाध्यक्षसँग कहिले पैसा आउँछ भनेर सोध्छु आउँछ आउँछ भन्छन् क्यारे ।’

मियाँ गाउँमा ७३ घर छन् । तीमध्ये एक दर्जनभन्दा बढी घर धराप बन्दैछन् । केही चर्किएका छन् । केही पुरानो भएर जीर्ण देखिन्छन् । छानोमा जस्ता हाले पनि पक्की घर नभएकाले चैत वैशाखको हावाले उडाइदिने पिरलोमा छन् धेरैजसो ।

भूकम्पको लाभग्राहीको सूचीमा परेकाले पनि अनुदानले मात्र नपुग्ने भएपछि घर बनाउन थालेर बीचमै छाडेका छन् । संघीय सरकारसँग स्थानीय सरकारले सहकार्य गरेर खरको छानामुक्त बनाउने अभियान देशभरै चले पनि मियाँ गाउँको केही घरमा खरकै छानो छ । छानोमा नयाँ जस्ता फेर्ने धोको छ । तर, तीन तहकै सरकारको नजर पुगेको छैन मियाँ गाउँमा ।

यो पनि…
भूकम्पपीडितले रुचाएनन् ‘प्रबलीकरण’
भूकम्पपीडित : घर ठडियो, ऋणले पोल्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested