English

मियाँ गाउँको माया छैन ?



तनहुँ, भिमाद नगरपालिका–१ हुक्कास्थित मियाँ गाउँका मोहमद अलीको घर २०७२ मा आएको शक्तिशाली भूकम्पले चर्कायो । भूकम्पले चर्काएको घर निजी आवास पुनर्निर्माणका लागि सरकारले अनुदान दिने लाभग्राहीको सूचीमा परेन । भूकम्पले चर्काएको घर अहिले पनि धरापमै छ ।

भूकम्प पीडितको लाभग्राही सूचीमा पर्नलाई मोहमदले पुनरावेदनका लागि आठ हजार रुपैयाँ खर्चिए पनि उनी लाभग्राहीको सूचीमै परेनन् । बर्खामा आकाश गर्जिन थालेपछि त्रासैत्रासमा बित्यो अली परिवारको ६ वर्ष । हावाहुरी र पानी पर्दा चर्किएको घरमा बस्नलाई जोखिम भएपछि उनले नयाँ एक कोठे घर बनाउँदैछन् ।

‘दिन राम्रै हुँदा त यहीँ घरमा बस्छौँ । हावाहुरी र पानी पर्न थालेपछि बन्दै गरेको घरमा जान्छौँ‘, उनले सुनाए । अझै पनि सरकारले घर बनाउनलाई सहयोग गर्छ कि भन्ने झिनो आश रहेको उनी बताउँछन् ।

मोहमदको घरसँगै जोडिएको छ, महम्मद हक्की बुल्लाको घर । ११ जना बस्ने एक कोठे घर पनि धराप देखिन्छ । ठाउँ–ठाउँमा चर्किएको छ । गत १५ माघमा खरले छाएको छानो खसेर बुल्लाकी श्रीमती नाजिया निशा घाइते भइन् । निशाको गाउँलेले चन्दा संकलन गरेर उपचार गरियो ।

बर्खा लागेपछि त्रासैत्रास हुन्छ । अन्त जानलाई पनि ठाउँ छैन । नयाँ घर बनाउनलाई उपाय छैन, सानासाना बालबच्चा छन् । अचानक भत्कियो भने त समस्या हुन्छ । रातमा केही घटना घटेर आपत पर्ने हो कि !

त्यसपछि ऋण खोजेर छानोमा जस्ता हालेको उनले बताए । जस्ताले छाए पनि बर्खा लाग्न थालेपछि घरको भर लागेको छैन उनलाई । ‘बर्खा लागेपछि त्रासैत्रास हुन्छ । अन्त जानलाई पनि ठाउँ छैन । नयाँ घर बनाउनलाई उपाय छैन’, उनले भने । ठूलो पानी पर्दा त घरै भत्कने डरले सताउने गरेको उनी बताउँछन् । ‘सानासाना बालबच्चा छन् । अचानक भत्कियो भने त समस्या हुन्छ । रातमा केही घटना घटेर आपत पर्ने हो कि’, उनको चिन्ता छ ।

नयाँ घर बनाउनलाई सरकारसँग हारगुहार माग्न सकेका छैनन् । सरकारको पनि भर नलाग्ने उनले बताए । सरकारले दिने अनुदान लिनलाई पहुँचवाला नै हुनुपर्ने ठम्याइ छ उनको । गाउँमा भूकम्पले भत्किएका घर, जनता आवासमा परेका घरले अनुदानको रकम नपाएकाले सरकारसँग आशा नभएको बताए । ‘सरकारले घर बनाउन अनुदान दिन्छ जस्तो लाग्दैन । त्यसैले, मागेको पनि छैन’, बुल्लाले भने ।

अनुदानको आश्वासन पाएर घर बनाएका महिदिन मियाँ पनि ऋणमा डुबेका छन् । ओत लाग्ने घर त बनेको छ । तर, ऋण कसरी तिर्ने उनलाई चिन्ता थपिएको छ । जनता आवास कार्यक्रममार्फत नयाँ घर बनाउन अनुदान पाउने सूचीमा नाम परेको जनप्रतिनिधिले सुनाएका थिए । अनुदान कुर्दाकुर्दै आएन । आश पनि मरेको छैन । खरले छाएको घर जीर्ण भएर बर्खामा गर्ल्यामगुर्लुम ढल्ने धरापको स्थिति भएपछि महिदिनले नयाँ घर बनाएको झन्डै आधा वर्ष बितेको छ ।

बस्ने बास भएन भनेर घर बनाइयो । साढे तीन लाख रुपैयाँ दिन्छ भनेका थिए । आउला नि भनेर बनाए । घर बनाएको ऋण तिर्नै बाँकी छ ।

अनुदान कहिले आउँछ उनलाई पत्तो छैन । ‘बस्ने बास भएन भनेर घर बनाइयो । साढे तीन लाख रुपैयाँ दिन्छ भनेका थिए । आउला नि भनेर बनाए । घर बनाएको ऋण तिर्नै बाँकी छ । कामदारलाइ पनि दिन बाँकी छ’, अगाडि थप्दै भन्छन्, ‘वडाध्यक्षसँग कहिले पैसा आउँछ भनेर सोध्छु आउँछ आउँछ भन्छन् क्यारे ।’

मियाँ गाउँमा ७३ घर छन् । तीमध्ये एक दर्जनभन्दा बढी घर धराप बन्दैछन् । केही चर्किएका छन् । केही पुरानो भएर जीर्ण देखिन्छन् । छानोमा जस्ता हाले पनि पक्की घर नभएकाले चैत वैशाखको हावाले उडाइदिने पिरलोमा छन् धेरैजसो ।

भूकम्पको लाभग्राहीको सूचीमा परेकाले पनि अनुदानले मात्र नपुग्ने भएपछि घर बनाउन थालेर बीचमै छाडेका छन् । संघीय सरकारसँग स्थानीय सरकारले सहकार्य गरेर खरको छानामुक्त बनाउने अभियान देशभरै चले पनि मियाँ गाउँको केही घरमा खरकै छानो छ । छानोमा नयाँ जस्ता फेर्ने धोको छ । तर, तीन तहकै सरकारको नजर पुगेको छैन मियाँ गाउँमा ।

यो पनि…
भूकम्पपीडितले रुचाएनन् ‘प्रबलीकरण’
भूकम्पपीडित : घर ठडियो, ऋणले पोल्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,