English

भूकम्पपीडितले रुचाएनन् ‘प्रबलीकरण’



पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले विसं २०७५ चैत २९ गते काभ्रेपलाञ्चोकमा घर रेट्रोफिटिङ (प्रबलीकरण) अभियानको औपचारिक शुभारम्भ गरेका थिए । उनले नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरास्थित छत्रबहादुर परिवारको विसं २०७२ को बिनाशकारी भूकम्पबाट आंशिक क्षति पुर्याएको दुईतले कच्ची घरको रेट्रोफिटिङ तीन महिनापछि सकियो ।

भूकम्पले घर चर्किएको करिब चार वर्षपछि सुरु गरिएको रेट्रोफिटिङ अभियान अन्तर्गत निर्माण सम्पन्न भएको परिवारको दुईतले घर प्राधिकरणका प्रतिनिधिको उपस्थितिमा घरधनीलाई हस्तान्तरण गरिएको थियो । उक्त घरको रेट्रोफिटिङ पनि बेलायती अन्तराष्ट्रिय सहयोग नियोग (डिएफआइडी)को आर्थिक सहयोगमा विल्ड चेन्ज र युएन ओप्स नामक गैरसरकारी संस्थाले नमूना स्वरुप निर्माण गरेका थिए । उक्त घर रेट्रोफिटिङ गर्न सरकारको एक लाख रुपैयाँ अनुदानबाहेक थप तीन लाख रुपैयाँ खर्च भएको थियो ।

परियारको घर ‘ज्ञानकेन्द्र’का रूपमा स्थापित भएको उल्लेख गर्दै रेट्रोफिटिङप्रति लाभग्राहीलाई प्राधिकरण आफैले चेतनशील बनाउनु आवश्यक रहेको बताइएको थियो । प्राधिकरणले थोरै रकममा क्षति पुगेको घरलाई भूकम्प प्रविधियुक्त मजबुत् बनाउन रेट्रोफिटिङ गर्न सकिने र यसबाट मौलिकता जोगाउन यस्तो प्रविधि प्रयोग गरिएको जनाएको थियो । तत्कालीन अवस्थामा नेपालका इञ्जीनियरलाई यससम्बन्धी अध्ययन गर्न समय लागेकाले सरकारद्वारा चर्किएका घर रेट्रोफिटिङ गर्न ढिला हुन गएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले बताए ।

प्राधिकरणले थोरै रकममा क्षति पुगेको घरलाई भूकम्प प्रविधियुक्त मजबुत् बनाउन रेट्रोफिटिङ गर्न सकिने र यसबाट मौलिकता जोगाउन यस्तो प्रविधि प्रयोग गरिएको जनाएको थियो । तत्कालीन अवस्थामा नेपालका इञ्जीनियरलाई यससम्बन्धी अध्ययन गर्न समय लागेकाले सरकारद्वारा चर्किएका घर रेट्रोफिटिङ गर्न ढिला हुन गएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले बताए ।

काभ्रेमा छ वर्षका अवधिमा तीन हजार ८२७ रेट्रोफिटिङ लाभग्राहीमा सूचीकृतमध्ये जम्मा ४३ मात्रै घर रेट्रोफिटिङ भएको प्राधिकरणको काभ्रे जिल्लास्थित आयोजना कार्यान्वन एकाइ, स्थानीय पूर्वाधार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आंशिक लाभग्राहीमा सूचीकृतलाई एक लाख रुपैयाँ दिने प्राधिकरणको नीति छ । कार्यालय प्रमुख रामप्रसाद खुवाजूका अनुसार जिल्लाका ६८ हजार ७८३ भूकम्पपीडितमध्ये आंशिक लाभग्राहीमा सूचीकृत पाँच हजार ६२५ थिए । यसमध्ये तीन हजार ८२७ ले मात्रै सम्झौता गरेका छन् । ‘सम्झौता गरी पहिलो किस्ता ५० हजार रुपैयाँ लैजानेमध्ये पनि ४३ मात्रैले घर प्रबलीकरण गरेका छन् ।’ ख्वाजूले भने । उनका अनुसार करिब दुई हजारले पूर्ण लाभग्राहीमा जान जिल्लास्थित कार्यालयमा निवेदन दिएका छन् ।

नमोबुद्ध नगरपालिका–७ रातमाटेका राजु खनालले भत्किएको आफ्नो कच्ची घरको रेट्रोफिटिङ (प्रबलीकरण) गर्न चाहेनन् । उनको घर भूकम्पले पूर्णरूपमा भत्काइदिएपछि उक्त घरलाई पुनःनिर्माणका प्रविधिकले प्रबलीकरणमा सूचीकृत गरिदिएका थिए । घर नै नभएपछि रेट्रोफिटिङ कहाँ गर्ने भन्ने विषय नै ‘अनौठो’ लागेको उनको तर्क छ । उनले भने, ‘ठडिएको घर छैन, यस्तो घर आंशिक अर्थात् रेट्रोफिटिङमा कसरी पर्छ ?’ उनी प्राधिकरणको आंशिक अनुदान नलिने पक्षमा छन् ।

प्राधिकरणले आउँदो पुस मसान्तसम्म पुनःनिर्माणका काम सक्ने योजना बनाएर आवास अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका र सूचीकृत भएकालाई अन्तिम म्याद थपेको छ ।

अर्का पीडित सोही नमोबुद्ध –४ काफ्लेथोकका सूर्यबहादुर कार्कीको कच्ची घर भूकम्पले चिराचिरा बनाई ढल्ने अवस्थामा पु¥याइएपछि प्राविधिकले नै रेट्रोफिटिङ गर्न नसकिने जनाउँदा पूर्ण लाभग्राहीमा जान चाहेको बताए । उनले पूर्ण लाभग्राहीमा सूचीकृत हुन नपा कार्यालयमा निवेदन दिएका छन् । यस्तै ८ नम्बर वडा हुमागाईँथोकका रामहरि हुमागाईँ पनि रेट्रोफिटिङको पक्षमा छन् । छिमेकीको चर्केको घर पूर्ण क्षतिमा र आफ्नो घर आंशिकमा सूचीकृत गरेपछि हुमागाईँले बरु अनुदान नचाहिने बताए ।

उक्त गाउँमा आंशिक क्षतिमा सूचीकृत भूकम्पपीडित बरु भत्काएर दुईकोठे घर बनाउने तर रेट्रोफिटिङ नगर्ने बताउँदै आएका छन् । यस नगरमा आंशिक क्षतिमा सूचीकृत ७०१ परिवारमध्ये ३४० जना घर रेट्रोफिटिङ गर्न चाहेका छैनन् । नगरस्थित पुनःनिर्माण शाखाका अनुसार वडागत ‘सर्भे’मा यस्तो तथ्याङ्क पाइएको जनायो ।

वडा नम्वर ४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले पनि आफ्नो वडाका आंशिक क्षतिमा सूचीकृत ८३ मध्ये ७३ रेट्रोफिटिङको विपक्षमा रहेको जानकारी दिए । ‘स्थानीयवासी खर्च बढ्ने, झन्झटिलो र दक्ष कामदार नपाइने भएकाले रेट्रोफिटिङ गर्न नचाहेको बताउँछन् ’ उनले भने ।

नगरप्रमुख टङ्कप्रसाद शर्मा आंशिक सूचीमा परेका अधिकांश पूर्ण लाभग्राहीमा जान चाहेको तथ्याङ्कले देखाएकाले प्राधिकरणको सहयोगमा रेट्रोफिटिङ प्रविधिबारे जानकारी गराई त्यसप्रति आकर्षित गर्न खोजिएको बताउँछन् । उनले भने, ‘घर रेट्रोफिटिङ गर्न हामी पीडितलाई बारम्बार सुझाव दिँदै आएका छौँ, तर त्यति चासो देखाएको भने पाइएन । ’

प्राधिकरणले आउँदो पुस मसान्तसम्म पुनःनिर्माणका काम सक्ने योजना बनाएर आवास अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका र सूचीकृत भएकालाई अन्तिम म्याद थपेको छ ।

बिल्ड चेन्ज नामक संस्थाका इञ्जीनियर अनिल बस्नेतले ‘स्टो«ङ ब्याक फिटिङ’ विधिबाट प्रबलीकरणको काम गरिने जानकारी दिए । उनका अनुसार यस्तो विधिबाट काम गर्दा क्षति कम होस् भनेर सुरुमा घरलाई बाहिरबाट बाँध्ने काम गरिन्छ, त्यसपछि जगमा डिपीसी गर्दै घरको भित्री भागबाट माथिसम्मै आवश्यकतानुसार पक्की पिलर बनाइन्छ र निदाल तथा दलिनलाई फलामले कस्ने काम गरिन्छ ।

प्राधिकरणकमा भूकम्पप्रभावित ३२ जिल्लामा करिब ६२ हजार आंशिक लाभग्राहीमा सूचीकृत भएका थिए । त्यतिबेला डिएफआइडीले सरकारसँग नेपालको भूकम्पप्रभावित जिल्लाका ५६२ स्थानीय तहमा एक हुने गरी करिब एक हजार आंशिक क्षति घरलाई रेट्रोफिटिङ गरी नमूना घर बनाउने सम्झौता गरेको थियो ।

यो पनि पढ्नुहोस् ।
भूकम्पपछिका एकिकृत बस्ती : कुन जिल्लामा कति ?
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,