भूकम्पपछिका एकिकृत बस्ती : कुन जिल्लामा कति ?



भूकम्प प्रभावित ३२ जिल्लामध्ये सरकारले २१ वटा जिल्लामा ८३ वटा एकिकृत बस्ती बनाउने योजना बनाएको थियो । तर हालसम्म ६ जिल्लाका २६ वटा एकिकृत सम्पन्न भएका छन् ।

तर अझै ५६ वटा एकिकृत बस्ती निर्माणाधिन अवस्थामा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्मा बताउँछन् ।

यसैगरी सरकारले ३२ वटा बस्ती सुधार कार्यक्रम पनि सम्पन्न गरेको छ ।

एकीकृत बस्ती निर्माणका लागि सरकारले ६६ करोड ३७ लाख बजेट विनियोजन गरेको थियो । जसमा यो आर्थिक वर्षमा थप २१ करोड ३९ लाख बजेट थप गरिएको छ ।

कहाँ कति निर्माण सम्पन्न ?

सरकारले अति प्रभावित र कम प्रभावित गरी २१ जिल्लामा एकिकृत बस्ती बनाउन सुरु गरेको थियो । जसमध्ये, नुवाकोटमा ७ वटा एकीकृत बस्ती मध्ये हालसम्म ४ वटाको निर्माण सम्पन्न भएको छ । यस्तै, ओखलढुंगामा ३ वटा बस्ती निर्माण गर्नुुपर्नेमा एएटा मात्र सम्पन्न भएको छ भने खोटाङमा २ वटै बस्ती निर्माण सम्पन्न भइसकेका छन् । यसैगरी, सिन्धुपाल्चोकमा २५ वटा एकिकृत बस्ती मध्ये १५ वटा निर्माण सम्पन्न भइसकेका छन् । दोलखामा ४ वटा मध्ये २ वटा सम्पन्न भइसकेका छन् भने स्याङजामा २ वटै बस्तीको निमांण सम्पन्न भएको छ ।

कहाँ सुरु त कतै अत्तोपत्तो नै छैन

महाभूकम्पमा अति प्रभावित गोरखा जिल्लामा सरकारको ५ वटा एकिकृत बस्ती बनाउने योजना थियो । जसमध्ये ४ वटा बस्तीका घर निर्माण पूरा भइसकेका छन् भने अन्य भौतिक संरचना बन्न बाँकी छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोरखाका एकिकृत बस्ती निर्माणका लागि ४८ करोड ३९ लाख ५५ हजारको लागत लाग्ने अनुमान गरेको थियो ।

यसैगरी, धादिङमा तीनवटा एकिकृत बस्ती निर्माण हुँदैछन् । जसको हाल डिपिसि सम्पन्न भएको र हाँडीखोला, नेपालगाउँको ब्लक ए र बी तीन वटै बस्तीको निर्माण २० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

कास्की, गुल्मी, काठमाडौं, पाल्पा, ललितपुर, सोलुखुम्बु लगायतका जिल्लामा बनाउने भनिएको एकिकृत बस्ती पनि पूरा हुन सकेका छैनन् ।

रसुवामा ७ वटा एकिकृत बस्ती बन्दै छन् । जसमध्ये उत्तरगया गाउँपालिका १ को तिरु एकिकृत बस्तीको निर्माण प्रक्रिया सुरु हुने चरणमा छ भने बाँकी ६ वटा एकिकृत बस्तीको निर्माण प्रक्रिया नै सुरु भएको छैन । जग्गा व्यवस्थापन तथा बजेटको अभावका कारण बस्ती निर्माण सुरु हुन नसकेको विश्वकर्मा बताउँछन् ।

‘रसुवाको सवालमा कतिपय बस्ती निर्माणका लागि जग्गा व्यवस्थापन गर्नै समस्या भयो,’ उनी भन्छन्, ‘कुनै बस्ती ढिलो पहिचान भएकाले बजेटको अभावका कारण अघि बढ्न सकेन यो आर्थिक वर्षबाट सुचारु हुन्छन् ।’

नुवाकोटमा ७ वटा एकिकृतबस्ती बनाउने योजना थियो । जसमा जफाती, शान्तिबजार, रामति एकिकृत बस्ती निर्माणाधिन छन् ।

एकीकृत बस्ती निर्माणका लागि सरकारले ६६ करोड ३७ लाख बजेट विनियोजन गरेको थियो । जसमा यो आर्थिक वर्षमा थप २१ करोड ३९ लाख बजेट थप गरिएको छ ।

काभ्रेपलाञ्चोकमा २ वटा एकिकृत बस्ती बनाउने योजना छ । जसमध्ये मन्डन देउपुर नगरपालिकाको तीनधारा होमस्टेको ६५ प्रतिशत निर्माण पूरा भएको छ भने नाग्रे गगर्चेको निर्माण सुरु भएको छैन । जसका लागि १ करोड ७४ लाख बजेट अनुमान गरिएको थियो ।

ओखलढुङ्गामा खानी गाउँ, फुयाँल गाउँ र मनखा गरी तीन वटा एकिकृत बस्ति बनाउने भनिएकोमा फुयाँल गाउँको निर्माण सम्पन्न भइसकेको छ र २ वटा निर्माणाधिन अवस्थामा छन् ।

रामेछापको दुरागाउँ, गुम्साल र गाइखुरा माझी बस्तीको घर निर्माण कार्य सम्पन्न भइसकेको छ । तर, अन्य भौतिक संरचना भने तयार हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

‘कतिपय बस्ती जग्गाअभावमा भन्ने बित्तिकै सार्नका लागि उपयुक्त जग्गा पाइएको छैन भनेँ कुनै बस्ती भर्खरै मात्र पहिचानमा आएका छन्’ विश्वकर्मा भन्छन् ।

भूकम्पको अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा २५ मध्ये १० वटा निर्माणाधिन अवस्थामा छन् ।

मकवानपूरमा जोगिताल, ट्वाङ्ग्रा र बलमटार गरी तीन वटा एकिकृत बस्ती बनाउने भनिएको थियो । तर हालसम्म कुनै पनि बस्तीको निर्माण सम्पन्न भएका छैन । जसका लागि प्रारम्भमा एक करोड ४८ लाख बजेट अनुमान गरिएको थियो ।

पर्वतमा अर्चले एकिकृत बस्ती बस्तीको घर निर्माण सम्पन्न भएपनि भौतिक संरचना बन्न बाँकीरहेको प्राधिकरणले जनाएको छ ।

लमजुङमा फुगेगिरी माडी एकिकृत बस्ती बनाउने योजना थियो तर, त्यो हालसम्म सुचारु हुन सकेको छैन ।

बागलुङको काठेखोला बस्तीका निर्माण कार्य सम्पन्न भइसकेका छैन । यसका लागि प्रारम्भमा ४० लाख बजेटको अनुमान गरिएको थियो ।

त्यस्तै कास्की, गुल्मी, काठमाडौं, पाल्पा, ललितपुर, सोलुखुम्बु लगायतका जिल्लामा बनाउने भनिएको एकिकृत बस्ती पनि पूरा हुन सकेका छैनन् ।

६ वर्षमा पनि किन पूरा हुन सकेनन् एकिकृत बस्ती ?

बस्ती निर्माणमा कतै जग्गाको समस्या त कतै बजेटको अभाव रहेको कारण सम्पन्न हुन नसकेको उपनिर्देशक विश्वकर्मा बताउँछन् ।
‘कतिपय बस्ती जग्गाअभावमा भन्ने बित्तिकै सार्नका लागि उपयुक्त जग्गा पाइएको छैन भनेँ कुनै बस्ती भर्खरै मात्र पहिचानमा आएका छन्’ विश्वकर्मा भन्छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बर्खा सीजन सुरु भएको छ । यस सीजनमा झाडापखाला, फूड पोइजन जस्ता रोग खानापानको असन्तुलनलेका कारणले देखापर्छ । बर्खामा हुने

दोस्रो लहरको कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर सेवा दिइरहेकाहरु उच्च जोखिममा छन् । विषम परिस्थितिमा सेवामा खटिरहेका पेट्रोलियम व्यवसायी पनि त्यसैमध्येमा

आज विश्व रक्तदाता दिवस, नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष सेवाले रक्तदान गरौँ र

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । नेपालमा पनि दोश्रो लहरको कोरोनाका कारण गत वैशाख १६ गतेदेखि