निरन्तरको ओरालोपछि सेयर बजारमा हरियाली



साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १७.९५ अंकले बढेर दुई हजार २ सय ५६ दशमलब ५७ विन्दुमा पुगेको हो । त्यस्तै, एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो नेपाल र माउन्टेन इनर्जी नेपालको सेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६७२.६० रुपैयाँ पुगेको छ भने घलेम्दी हाइड्रो नेपालको शेयरमूल्य ८.८२ प्रतिशतले बढेर प्रतिकित्ता २३२ रपैयाँ र माउन्टेन इनर्जी नेपालको शेयरमूल्य ८.६६ प्रतिशतले बढेर प्रतिकित्ता ९७९ रुपैयाँ पुगेको छ ।

आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको छ ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई