English

बार्सिलोना च्याम्पियन्स लिगमा छनोट



स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति रियाल बेटिसलाई २-१ अन्तरले पराजित गर्दै क्याटलान क्लब बार्सिलोनाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

बार्सिलोनाका लागि ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन बेटिसविरुद्ध तीन अंकको आवश्यक थियो ।

७६औँ मिनेटमा अंशु फातीले गोल गर्दा बार्सिलोनाले अग्रता लिएको थियो । ७९औँ मिनेटमा पूर्व खेलाडी बार्टाले बेटिसलाई खेलमा फर्काए । इन्जुरी समयको चौथो मिनेटमा जोर्डि अल्बाले गोल गर्दा बार्सिलोनाले तीन अंक पक्का गर्‍यो ।

बार्सिलोना ३५ खेलबाट ६९ अंकसहित दोस्रो स्थानमा यथावत छ । जुन तेस्रो स्थानको सेभिया भन्दा पाँच र चौथो स्थानको एट्लेटिको मड्रिड भन्दा आठ अंक बढी हो ।

बार्सिलोना ला लिगाको पछिल्लो १४ खेलमा अपराजित रहँदै आएको छ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested