English

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा



दोस्रो लेगमा भिल्लारियालमाथि ३–२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो ।

लिभरपुलले समग्रमा ५–२ को जित निकाल्यो । यसअघि भएको पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो ।

बोउलय डियाले गरेको गोलबाट युनाई एम्रीको टोलीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । ४१औं मिनेटमा फ्रान्सी कोक्युलिनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

तर, ६१औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरेका थिए । त्यसको पाँच मिनेटपछि लुइस डियाजले गोल गरेपछि लिभरपुल बराबरीमा फर्किएको थियो ।

७४औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको जित निश्चित गरे ।

लिभरपुलले अब फाइलनमा म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको दोस्रो लेग बुधबार राति हुँदैछ ।

फाइनल खेल फ्रान्स राजधानी पेरिसमा हुनेछ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली