English

बार्सिलोनाको रोमाञ्चक जित, सिटी र लिभरपुलले अंक बाँडे



रोमाञ्चक खेलमा लेभान्तेलाई ३–२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १–० ले पछि परेको स्थितिमा खेल उल्टाउँदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक एक गोल गरे । घरेलु टोली लेभान्तेकालागी जोसे लुइस मारालेस र गोन्जालो मेरेरोले एक–एक गोल गरे । लेभान्तेले दुबै गोल पेनाल्टीमा गरेको थियो । रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाउ गरेका थिए ।

जितसँगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनी एक खेल बढी खेलेको सेभिया तेस्रो स्थानमा झर्‍यो । ७२ अंकको रियम मड्रिड शीर्ष स्थानमा रहेको छ । पराजित लेभान्ते भने २२ अंकसहित रेलिगेशन क्षेत्रमा छ ।

दुई पटक बनाएको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले लिभरपुलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले दुई पटक अग्रता बनाएको थियो । तर भ्रमणकारी टोली खेलमा फर्कन सफल भयो ।

सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे । पाँचौं मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए । १३औं मिनेटमा जोटाले बराबरी गोल गरे ।

३६औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २–१ को अग्रता बनायो । तर दोस्रो हाफ सुरु भए लगत्तै मानेले गोल गर्दै खेल २–२ को बराबरी ल्याए । बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

यो पनि…
यसरी पुग्यो खुमलटार पहिलो पटक ए डिभिजनमा

लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested