English

‘मैले जिते भने रेसुङ्गा भ्रष्टाचारमुक्त र शुसासनयुक्त देशकै नमुना नगरपालिका हुने छ’



भन्नलाई त आलोचकहरु राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई ‘बुढापाकाको पार्टी’ पनि भनिदिन्छन् । तर गुल्मीको सन्दर्भमा भने राप्रपाले लिएको निर्णयले आलोचकहरुको तर्कलाई बल दिदैन । गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयर, उपमेयर पदमा राप्रपाले युवा उम्मेदवारलाई अघि सार्याे । युवायुवती दुवैलाई स्थान दियो । रेसुङ्गा नगरपालिकाबाट मेयर पदको उम्मेदवारमा अनिल कक्षपति र उपमेयरको पदको उम्मेदवारमा शुशीला कार्कीलाई राप्रपाले अवसर दिएको छ ।

मेयर पदका उम्मेदवार अनिल राप्रपाले युवालाई विश्वास गरेकोमा अनुग्रहित पनि छन् । राप्रपाले जस्तै रेसुङ्गाका मतदाताले पनि नगरपालिकाको नेतृत्वमा युवालाई नै रोज्ने कुरामा विश्वस्त छन्, उनी ।

राप्रपाको ‘ट्याग लाइन’ कै भाकामा ३३ बर्षिय अनिलले भने, ‘परिवर्तन सम्भव छ, हाम्रै पालामा ।’

उनलाई उनको पार्टीले ‘भ्रष्टाचारमुक्त स्थानीय तह निर्माणका लागि’ मतदाताले पत्याएको स्थितीमा रेसुङ्गा नगरपालिकाको मेयरको जिम्मेवारी दिन चाहेको हो ।

मतदातालाई मेरो आग्रह छ, मैले मेयर पदमा विजय प्राप्त गरें भने रेसुङ्गा नगरपालिकामा शुसासनको ग्यारेण्टी गर्छु, यसलाई भ्रष्टाचारमुक्त नगरपालिका त बनाउने छु नै जनतालाई छिटो–छरितो सेवा पनि दिन्छु ।

यो नगरपालिकामा अनिलको प्रतिद्वन्दीता खासगरी कांग्रेस र एमालेसंग नै हुने देखिन्छ । कांग्रेसले पार्टीका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थीलाई मेयरको उम्मेदवार बनाएको छ । यसैगरी एमालेले राजेन्द्रप्रसाद पाण्डेयलाई मेयर पदको उम्मेदवार बनाएको छ । खास पक्ष के छ भने अविवाहित अनिल राप्रपा गुल्मीको अध्यक्ष जस्तो गहन जिम्मेवारीमा पनि छन् । राप्रपामा सबैभन्दा कम उमेरका जिल्ला अध्यक्ष पनि हुन् उनी ।

संवैधानिक राजतन्त्र र हिन्दुराज्यको पक्षमा ठुलो जनमत छ तर ठुला राजनीतिक दलहरुको दवावका कारण खुल्न नसकेको जनमतलाई संगठित गर्नका लागि जागरण अभियान संचालनमा पनि उनी सक्रिय छन् । भन्छन, ‘मतदातालाई मेरो आग्रह छ, मैले मेयर पदमा विजय प्राप्त गरें भने रेसुङ्गा नगरपालिकामा शुसासनको ग्यारेण्टी गर्छु, यसलाई भ्रष्टाचारमुक्त नगरपालिका त बनाउने छु नै जनतालाई छिटो–छरितो सेवा पनि दिन्छु ।’

रेसुङ्गा नगरपालिकाका मेयर पदका युवा उम्मेदवार अनिल कक्षपतिसँग मेरोलाइफस्टाइलले गरेको कुराकानीको सम्पादित अंश :

रेसुङ्गा नगरपालिकाबाट मेयर पदमा तपाईको उम्मेदवारी किन र केकालागि हो ?

यसअघिको निर्वाचनमा यस रेसुङ्गा नगरपालिकाको नेतृत्वमा जुन दलबाट जो आउनुभयो उहाँहरुले जनतासामु गरेका कुनै पनि प्रतिबद्घताहरु पुरा गर्न सक्नुभएन, चाहनुभएन । कतिसम्म भने स्थानीय जनतालाई शुद्घ पानी ख्वाउँछु भन्ने जुन वचन दिनुभएको थियो त्यो पनि केवल नारामै सिमित भयो । यतिकाम त उहाँहरुले गर्न सक्नुभएन भने अरु के काम गर्नुभयो होला ? यसैले उहाँहरुबाट केही काम हुदैन, उहाँहरुको भनाई एउटा अनि गराई अर्कै हुन्छ भन्ने बुझेर नै मेरो उम्मेदवारी आएको हो ।

मलाई के लाग्यो भने रेसुङ्गा नगरपालिकाको नेतृत्वमा युवा आउनुपर्छ, हजुरबुवा उमेरका ब्यक्तिबाट अब काम हुदैन भन्ने देखेर नै स्थानीय जनताको चाहना अनुसार मेरो पार्टीले मलाई मेयर पदको लागि निर्वाचनमा उठाएको हो ।

मेयर पदमा कांग्रेस, एमालेका उम्मेदवारहरु पनि छन्, उनीहरुको साटो मतदाताले तपाईलाई नै किन छान्ने ?

कांग्रेस, एमालेका मेयरका उम्मेदवार उमेरले मभन्दा पाको भए पनि राजनीतिक संलग्नता र सक्रियताको हिसाबले म अनुभवी छु । कांग्रेस, एमालेले अन्य उपयुक्त ब्यक्तिहरुलाई छाडेर जसरी उहाँहरुलाई मेयर पदको उम्मेदवारको टिकट दियो, त्यसले मलाई उहाँहरुसंग प्रतिद्घन्दिता गर्न पनि गौरव लागेको छैन । यी उम्मेदवारहरु भन्दा म आफुलाई सक्षम ठान्छु ।

अन्य राजनीतिक दलहरुले जस्तै तपाईहरुले पनि घोषणापत्र सार्वजनिक गर्नुभएको छ, जनतासामु प्रतिबद्घता ब्यक्त गर्नुभएको छ, वाचा कसमहरु दिनुभएको छ । अरुले नसकेको कुरा तपाईले कसरी सक्नुहोला ?

हामीले सक्छौं । किनकी, हामीसंग इमानदारीता छ । किनकी, हामीसंग प्रवल इच्छा शक्ति छ । रेसुङ्गाको जुन बार्षिक बजेट छ त्यसले स्थानीय जनताका मागलाई सहजै सम्बोधन गर्न सकिन्छ । उहाँहरुजस्तो मेयर–उपमेयर बन्न हामी लगानीकर्ता खोज्दै हिँडने र जितेपछि लगानीकर्ताको स्वार्थका लागिमात्र काम गर्ने काम हामीबाट हुदैन । आफ्ना भाइ, भतिजा, छोरा, नातीलाई लगानी गरेर उम्मेदवार बनाउने परिपाटी हाम्रो पार्टीमा छैन । हामी नगरवासीसंग मतमात्र माग्छौं । हामी जित्छौं ।


हामीकहाँ चुनाव खर्चिलो भयो, भडकिलो भयो । चुनाव जित्नका लागि हुने खर्च नै भ्रष्टाचारको आधार बन्यो । तपाईको हकमा यही कुरा लागु नहोला ?

यसअघि जिल्ला विकास समितिदेखि राजनीतिक संयन्त्रलगायत विभिन्न निकायमा बसेर मैले काम गरेको छु । हामीकहाँ कसरी काम हुन्छ र काम गर्दा के कस्ता समस्याहरु आउँछन् भन्ने कुरा मैले बुझेको छु । बजेट विनियोजनदेखि कमिसनका जालोहरु कसरी फैलाइएको छ र कर्मचारीले कसरी काम गर्छन भन्ने कुरा मैले बुझेको छु । त्यो अनुभवले पनि मैले नगरपालिकाको नेतृत्व हाँक्ने जिम्मा पाँए भने सबैभन्दा पहिले शुसासनका लागि काम गर्छु ।

यदि तपाई निर्वाचित हुनुभयो भने अबको पाँच बर्षपछि हामी रेसुङ्गा आउँदा महत्वपूर्ण परिवर्तन के के देख्न सकिएला ?

शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा महत्वपूर्ण परिवर्तन हुनेछ । करको दर कम गर्नुका साथै स्थानीय स्तरमा रोजगारमुलक उद्योग स्थापना हुनेछ । सार्वजनिक–नीजि साझेदारीबाट युवालक्षित उद्यम–ब्यवसाय संचालन हुनेछ । स्थानीय जनताको चाहना र आवश्यकताका आधारमा विकास निर्माणका कामहरु गर्ने नै छु । पुराना राजनीतिककर्मी तथा समाजसेवी तथा गुल्मीका आदर्श ब्यक्तित्व बैकुण्ठबहादुर चन्दले गुल्मीलाई पैदल युगबाट गाडी चल्ने युगमा रुपान्तरण गर्नुभयो । यसैले अब हामीले जित्यौं भने रेसुङ्गाको पनि युग परिवर्तन गर्ने गरि काम गर्ने मेरो सपना हो । हाम्रो पार्टीका अध्यक्षले भन्नुभएको छ–भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो ।’ यो भनाई सधैं स्मरणमा राखेर रेसुङ्गा नगरापलिका भ्रष्टाचार शुन्य नगरपालिका बनाउने छौं ।

तपाई युवा हुनुहुन्छ, जोशजांगर पनि छ । तपाईसंग योजना पनि छन्, सपना पनि छन् । तर तपाईको चाहना अनुसार हाम्रो जुन संयन्त्र छ, जुन कर्मचारीतन्त्र छ, त्यसमा तालमेल मिल्दैन कि ?

हाम्रो पार्टीको एउटा मन्त्र छ, ‘परिवर्तन सम्भव छ,हाम्रै पालोमा ।’ यसैले हामीले परिवर्तन गर्ने छौं । त्यो सम्भव पनि छ ।

तपाईले जित्नुभयो भने सबैभन्दा पहिलो काम के गर्नुहुन्छ ?

मैले जितेंभने सबैभन्दा पहिले रेसुङ्गा नगरपालिकाका कर्मचारीहरुलाई सम्बोधन गर्ने छु । मैले उहाँहरुलाई भन्ने छु, ‘यो नगरपालिकामा यसअघि के कस्ता कामहरु कसरी भयो भन्ने कुरामा म जान चाहन्न । तर अब मैले जितेर आइसकेपछि कर्मचारीले नियमअनुसार पाउने तलबभत्ताबाहेक भ्रष्टाचार गरेर पैसा कमाउने कुरा नसोच्नु होला । यदि कसैलाई भ्रष्टाचार गर्न मन भए, यो नगरपालिकामा नबस्नुहोला’ भन्नेछु । हामीबाट अनियमितता र भ्रष्टाचार हुने छैन । हामी अरु कसैलाई पनि अनियमितता र भ्रष्टाचार पनि गर्न दिदैनौ । किनकी, हामी रेसुङ्गा नगरपालिकालाई भ्रष्टाचारमुक्त र शुसासनयुक्त देशकै नमुना नगरपालिका बनाउन चाहन्छौं । भ्रष्टाचार र कुशासनका कारण जनता आजित भइसकेका छन् । जन चाहना अनुसार काम गर्नेछौं ।


अर्को प्रसङ्ग, तपाईको त ‘रगतमै नेपाली कांग्रेस छ’ भनिन्छ । कांग्रेस नै तपाईको पहिलो राजनीतिक विद्यालय रह्यो । १२ बर्षको उमेरमै कांग्रेसको सक्रिय सदस्यता लिनुभयो । तपाईको परिवारको ठूलो हिस्सा कांग्रेससंगै जोडिएको छ । तर पछि तपाईलाई कांग्रेस किन मन परेन ? राप्रपा किन रोज्नुभयो ?

नेपाली कांग्रेसमा विचलन आयो । मलाई त्यही विचलन मन नपरेको हो । कांग्रेसभित्र कम्युनिजम विचारधारा हावी भयो । माओवादीको एजेण्डामा कांग्रेस छिरेपछि मैले पनि कांग्रेस त्यागेको हो । अहिले कांग्रेसले आफ्नो विचार त्यागीसकेको छ । वीपी कोइरालाको नाम लिने गरे पनि कांग्रेसले वीपी विचार पोलेर खाइसकेको छ । जुन पार्टीमा आफ्नो विचार छैन, कम्युनिष्टहरुबाट प्रभावित छ भने त्यस्तो पार्टीमा म बस्न सक्ने कुरा पनि थिएन ।

राप्रपाले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र स्थापनाको नारा दिएको छ । त्यसलाई यसपटक मतदाताले कति रुचाउलान ?

जनता हिन्दुराष्ट्र नेपाल र संवैधानिक राजतन्त्र पुर्नस्थापनाको पक्षमा छन् । किनकी, ०६२/०६३ को जनआन्दोलनको नारा हिन्दुराष्ट्र फाल्नु पर्छ, राजसंस्था हटाउनुपर्छ, संघियता ल्याउनु पर्छ भन्ने नै थिएन । त्यो जनआन्दोलनमा म पनि सहभागी थिएँ । हाम्रो माग संसद पुर्नस्थापनाको थियो । तर जसै उक्त आन्दोलनमा माओवादी हावी भयो, त्यसपछिमात्र हिन्दुराष्ट्र हटाउने, राजतन्त्र फाल्ने र संघीयता ल्याउने एजेण्डा जस्केलाबाट छिराइएको हो । यो जनताको माग कहिले पनि थिएन ।

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
कांग्रेसले भीमबहादुरलाई नसम्झिएर के भो ?



...
Johnette

Angela jenkins nudeMeet people for sex nicholson pennsylvaniaAdult ronald mcdonald halloween costumesFree naked mature indian womenMuch normal sexCuten naked teens picturesFable characters nakedSleazy fucksZhang xiaoyu nude model xnxx Best of gina's blowjobsBlond girls assNaked coed locker rooms storiesAdult nude swingsAverage penis size in the usJasmine jones nakedAkira takatsuki fuckHotels couples sexVintage sterling jerusalem cross necklaceXxx paki https://newxxx.jumpandread.com/ Pictures of hot naked teenage girlsBig boobs ballbustingSpringfield rifle stripper clipsFree ebooks sexSf bay erotic thai massageHot nudes strippingTit scewer xnxx Adult protective services referralBaseball bowman card vintageDick's sporting printable couponsAddict am sexWatched my wife take a big cockProcessing information on breast implantsHustler shop hollywood Also visit my blog post ... web site

...
Gsnin paral脹 kopegi

‘मैले जिते भने रेसुङ्गा भ्रष्टाचारमुक्त र शुसासनयुक्त देशकै नमुना नगरपालिका हुने छ’ - Mero LifeStyle Mero LifeStyle https://www.dhanisballoonbar.co.uk/product/pack-of-10-happy-birthday-party-balloons/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested