कांग्रेसले भीमबहादुरलाई नसम्झिएर के भो ?



त्यो दिन ११ भदौ थियो । बर्ष थियो २०६७ । अर्थात आजभन्दा ११ बर्ष अघि ।

नेपाली कांग्रेस १२ औँ महाधिवेशनको चटारोमा थियो । अर्को महिना अर्थात असोजमा कांग्रेस आफ्नो नयाँ नेतृत्व छान्दै थियो । शेरबहादुर देउवा र शुशिल कोइरालाले सभापति पदका लागि उम्मेदवारी दिएका थिए । धेरैले ‘हार्नुहुन्छ’ भन्दाभन्दै पनि भीमबहादुर तामाङले पनि सभापति पदमा उम्मेदवारी दिए ।

नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेपछि नेता भीमबहादुर तामाङले आफ्नो उम्मेदवारीलाई ‘अभियान’ बताउँदै थिए । उनी अथ्र्याउन खोज्दै थिए, ‘कांग्रेसलाई यस्तो अभियानको आवश्यकता अझै पर्दै जानेछ ।’

कांग्रेस परम्परावादी भयो, वैचारिक धार पनि अस्पष्ट भयो र कार्यपद्धतिमा पनि लठुवा शैली हावी भयो भनेर भीमबहादुरको उम्मेदवारी परेको बुझ्न कठिन थिएन । कांग्रेस यसबेला पनि त्यसबेला पनि विभिन्न गिरोहका सरदारहरुले चलाइरहेका थिए । अथवा गिरोहले आ–आफ्ना सरदार छानेर कांग्रेस चलाइरहेका थिए । अहिले हुने पनि त्यही हो । यो बेग्लै कुरा हो कि पुस्तान्तरणको गफले यसपटक थोरै बजार लिएको देखियो ।

भीमबहादुर, नरहरी आचार्य, चक्रप्रसाद बास्तोला अमरराज कैनी, सुप्रभा घिमिरे लगायतको यो समूहलाई त्यसबेला तेस्रो धार भनियो । वैचारिक र सांगठनिक रुपमा जर्जर भैसकेको कांग्रेसलाई एकढिक्का बनाउने र कांग्रेसको जवानी फर्काउने प्रयास थियो, भीमबहादुर र उनको समूहको उम्मेदवारी । विचारलाई हामी हाँक्न सक्छौं भन्ने आत्मविश्वास सहितको उम्मेदवारी थियो त्यो ।

भीमबहादुरको उम्मेदवारीले मुल्य, मान्यता र आदर्शको राजनीतिलाई आमन्त्रण गरिरहेको त्यसबेला प्रष्ट बुझ्न सकिन्थ्यो । कांग्रेस चालकहरूको विवेकबाट मूल्य, मान्यता र आदर्शका कुरा बेपत्ता भइसकेको भीमबहादुरलाई थाहा नभएको होइन । तर पनि उनी ‘घामको उज्यालो रहँदासम्म घैँटोमा घाम लागिहाल्छ कि !’ भन्ने झिनो आशामा थिए । उनको उम्मेदवारी यसकै लागि थियो ।

यो पनि पढ्नुहोस् :

कांग्रेस परम्परावादी भयो, वैचारिक धार पनि अस्पष्ट भयो र कार्यपद्धतिमा पनि लठुवा शैली हावी भयो भनेर भीमबहादुरको उम्मेदवारी परेको बुझ्न कठिन थिएन । कांग्रेस यसबेला पनि त्यसबेला पनि विभिन्न गिरोहका सरदारहरुले चलाइरहेका थिए । अथवा गिरोहले आ–आफ्ना सरदार छानेर कांग्रेस चलाइरहेका थिए । अहिले हुने पनि त्यही हो । यो बेग्लै कुरा हो कि पुस्तान्तरणको गफले यसपटक थोरै बजार लिएको देखियो ।

यसपटकको कांग्रेस महाधिवेशनमा केन्द्रिय सदस्यका लागि भएको खुला प्रतिस्पर्धामा काभ्रेका गुण्डा नाइके गणेश लामाले जित निकाले, १७८२ मतका साथ । कांग्रेसभित्र भीमबहादुर तामाङ र महेश आचार्य पराजित हुनुपर्छ भन्ने सन्देश थियो यो । कांग्रेसको घरभित्र बिचौलिया गिरोह र वीपी कोइरालाले भने जस्तै भुइँफुट्टा वर्गको दबदबाको सन्देश पनि हो, यो ।

२०६७ असोजमा काठमाडौँमा सम्पन्न बार्हौं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवा सभापतिका प्रत्यासी थिए । त्यसमा कोइरालाले १,६५२ ल्याएर सभापति जिते । देउवाले १,३१७ मत ल्याएर दोस्रो भए । सभापतिका प्रत्यासी भीमबहादुरले ७८ मत ल्याए । संख्याको दृष्टिले भीमबहादुरको त्यो लज्जाजनक हार थियो । संख्या प्रधान थियो, अरु सबै कुरा गौण । जसले आजीवन कांग्रेसबाहेक केही सोचेन, जसले निष्ठाको राजनीति बाहेक केही गरेन र जसले राजनीतिलाई सेवाबाहेक केही सोचेन, उसले नै शर्मनाक हार बेहोर्नुपर्यो । त्यसपछि कांग्रेसभित्रको यो वैचारिक धार तितरवितर भयो । सबै शिथिल भए ।

यसपटक कांग्रेसको महाधिवेशनमा महेश आचार्यले उपसभापति पदमा उम्मेदवारी दिए । वैचारिक रुपले बलिया र बेदाग छविका आचार्यले कांग्रेस पंक्तिलाई हस्तलिखित आफ्नो प्रतिबद्घता वितरण गरे । तर कांग्रेसको ४७ सयभन्दा बढीको लस्करमध्ये जम्मा ५८९ जनाले मात्र आचार्यको कुरा बुझे । तर, उपसभापतिमा विजय प्राप्त गर्न यो मत पर्याप्त थिएन । उनी पनि निराशाजनक मतसहित हारे । उनी कुनै गुटमा थिएनन् । शेरबहादुर देउवा र शेखर कोइराला गुटमा रहेका पुर्णबहादुर खड्का र धनराज गुरुङले उपसभापति पदमा बाजी मारे । आचार्य कांग्रेसको किनारामा धकेलिए ।

यसपटकको कांग्रेस महाधिवेशनमा केन्द्रिय सदस्यका लागि भएको खुला प्रतिस्पर्धामा काभ्रेका गुण्डा नाइके गणेश लामाले जित निकाले, १७८२ मतका साथ । कांग्रेसभित्र भीमबहादुर तामाङ र महेश आचार्य पराजित हुनुपर्छ भन्ने सन्देश थियो यो । कांग्रेसको घरभित्र बिचौलिया गिरोह र वीपी कोइरालाले भने जस्तै भुइँफुट्टा वर्गको दबदबाको सन्देश पनि हो, यो ।

यो पनि पढ्नुहोस् :
कांग्रेस महाधिवेशन : ह्विलचियर र लौरो टेकेर मतदान
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वको लागि प्रसवको पल (फोटो फिचर)

प्रेरक प्रसङ्ग: राजाको जवाफ
रामचन्द्र पौडेलले औँल्याए कांग्रेसका यी पाँच कमजोरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

रामप्रसाद खनाल । ४० को दशकका लोकदोहोरी गायक तथा पत्रकार । यतिमा मात्र उनको परिचय सीमित छैन । खनाल कुशल

काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अहिले एकदमै व्यस्त रहेका छन् । कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखिएसँगै त्यसको अध्ययन अनुसन्धानमा उनी व्यस्त

Suggested