English

यसपटक बुटवलका मतदाताको मन बदलिन सक्छ

जोगी जीवनशैली अपनाएका मेयर उम्मेदवारको बुटवललाई देशकै आर्थिक केन्द्र र ब्यावसायमैत्री शहर बनाउने सपना


समयको खेल पनि कस्तो ! आफ्नै बासको ठेगान छैन,जोसंग चुनाव लड्ने खर्च पनि छैन । सुकुम्वासी जीवनशैली, यायावर दिनचर्या । तर पनि उनी मेयरको उम्मेदवार छन् । हो,यीनी हुन्,खेलराज पाण्डे ।

चुनाव लड्न धनी हुनुपर्छ मान्यता एकातिर । बाहुबली शैलीको आवश्यकता अर्कोतिर । तर पाण्डेसँग यी दुवै कुरा छैन । तर हेर्नुहोस, नेपाली कांग्रेसले यसपटक लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवल उप–महानगरपालिकाका लागि मेयरको उम्मेदवार बनाएको छ, उनलाई ।

निष्कलंक, कर्मशील, गतिशिल र इमानदार । यस्तो लाग्छ,यी शब्दहरु पाण्डेकै लागि बनेका हुन् ।

अहिले पाँच बर्षअघिको कथा फेरि दोहरिएको छ । यसअघि २०७४ मा भएको स्थानीय निर्वाचनको क्रममा यसै उप–महानगरपालिकाको मेयर पदमा कांग्रेसका तर्फबाट पाण्डे नै उम्मेदवार थिए । तर, चुनावी अंकगणितले उनलाई थोरै साथ दिएन ।

यसअघिको निर्वाचनमा म पराजित भएको कारणले पनि यसपटक यहाँका मतदाताले मप्रति भरोसा देखाउनु भएको छ, उहाँहरुले मलाई मेयरको पदमा बसेर काम गरेको देख्न चाहनुभएको छ ।

नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्षसमेत रहेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएर बुटवलको मेयरमा निर्वाचित भए । पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरे । एमालेले २०६४ देखि जित्दै आएको बुटवल उप–महानगरपालिकाको नेतृत्वमा त्यसबेला पाण्डेले दह्रो चुनौती दिएकै हुन् ।

तर, यो पाँच बर्षमा तिनाउ नदीमा धेरै पानी बगिसक्यो । बुटवल उप–महानगरपालिको मेयरका रुपमा सुवेदीको कामलाई बुटवलबासीले नजिकबाट नियालिसकेका छन् । मेरोलाइफस्टाइसँगको कुराकानीमा निकै आत्मविश्वासी देखिएका ५२ बर्षिय पाण्डेले भने, ‘यसअघिको निर्वाचनमा म पराजित भएको कारणले पनि यसपटक यहाँका मतदाताले मप्रति भरोसा देखाउनु भएको छ, उहाँहरुले मलाई मेयरको पदमा बसेर काम गरेको देख्न चाहनुभएको छ ।’

स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा पाण्डेले आफ्नो पार्टीका तर्फबाट बुटवल उप–महानगरपालिकाको राजनीतिक संयन्त्रमा प्रतिनिधित्व गरेका थिए । यसैले पनि स्थानीय निकायबाट हुने काम कारवाहीलाई पाण्डेले बुझेका छन् ।

मैले प्राप्त गरेको २१ हजार मतले आगामी ५ वर्ष अझ बढी सक्रिय भएर जनताको काममा लाग्न उत्साहित बनाएको छ । चुनावमा म उपविजेता भए, तर मलाई सुस्ताउने र घर बस्ने होइन अझै सकृय भएर काममा जुट्ने प्रेरणा प्राप्त भएको छ ।

पछिल्लो निर्वाचनमा पराजित भएपछिको पत्रकार सम्मेलनमा उनले बोलेका कुरा निकै सारगर्वित र राजनीतिक संस्कारयुक्त थिए । उनले त्यसबेला भनेका थिए, ‘मैले प्राप्त गरेको २१ हजार मतले आगामी ५ वर्ष अझ बढी सक्रिय भएर जनताको काममा लाग्न उत्साहित बनाएको छ ।’

उनले अगाडी भनेका थिए, ‘चुनावमा म उपविजेता भए, तर मलाई सुस्ताउने र घर बस्ने होइन अझै सकृय भएर काममा जुट्ने प्रेरणा प्राप्त भएको छ ।’

कांग्रेसका नगर सभापति रहेका पाण्डे यसपटक सत्तारुढ गठबन्धनबाट उम्मेद्ववार हुन् । तीनपटक बुटवलको नगर सभापतिको जिम्मेवारी पाइसकेका पाण्डेको एकल नाम मेयरका लागि सिफारिस भएको थियो ।

ठूलो अन्तरले चुनाव जितेका ठाउँमा परिणामहरु उल्टिएका पनि छन् । यस्तो स्थितीमा बुटवलमा यसपटक के होला ? धेरैलाई कौतुहल छ । के यसपटक बुटवलका मतदाताको मन बदलिन सक्छ ? यसका लागि चुनावी नतिजा नै पर्खिनुपर्ने हुन्छ । गत निर्वाचनभन्दा बुटवलमा २४ हजार मतदाता थपिएका छन् । बुटवलको आगामी भविष्य यहाँका ९० हजार मतदाताको विवेकमा भर पर्दैछ । समय बलवान छ, बुटवल उप–महानगरपालिकाको नेतृत्वको निर्णय वैशाख ३० पछि हुने नै छ ।

मतदाताले मलाई ‘एकचोटी अवसर दिनुपर्छ’ भन्ने भाव राखेको पाएको छु ।

तर, पाण्डे आफ्नो विजयप्रति अहिलेदेखि नै आश्वस्त छन् । मेरोलाइफस्टाइलसँगको कुराकानीमा उनले भने, ‘मतदाताले मलाई ‘एकचोटी अवसर दिनुपर्छ’ भन्ने भाव राखेको पाएको छु ।’ अन्तर्वार्ताको सम्पादित अंश ।
………………………….

‘बुटवल आर्थिक केन्द्र र व्यावसायीमैत्री शहर हुनेछ’

खेलराज पाण्डे

बुटवल उप–महानगरपालिकाको मेयर पदका लागि दोहर्याएर उम्मेदवार बन्ने अवसर पाउनुभयो । तपाईको उम्मेदवारीको औचित्य के हो ?

मैले राजनीतिलाई निरन्तरता दिँदै आएको छु । बुटवलका स्थानीय जनताको सुख दुःखमा सधैं साथ छु । राजनीति र समाजसँग जोडिएर काम गर्दै आएको छु । बुटवलको विकास कार्यमा पनि म कुनै न कुनै रुपमा सक्रिय रहँदै आएको छु । यसैले पनि पार्टीले मलाई दोहर्याएर मेयर पदका लागि टिकट दिएको हो भन्ने लाग्छ ।

कांग्रेसबाट मेयर पदका लागि टिकट त पाउनु भयो । तर, बुटवलका मतदाताले तपाईलाई नै किन मत दिने ?

मैले बुटवलका प्रत्येक समस्यालाई नजिकबाट देखेको छु, बुझेको छु । समस्याको पहिचानमात्र होइन, मसँग समाधानका उपायहरु पनि छन् । पछिल्लो निर्वाचनमा म उपविजेता भए पनि बुटवलको विकासदेखि सामाजिक काममा सधैं सक्रिय रहेको यहाँका मतदाताले देखेका छन् । आफ्नो सबै समय जनताको सम्पर्कमा रहेर बिताएको छु । यसैले पनि मतदाताले मलाई ‘एकचोटी अवसर दिनुपर्छ’ भन्ने भाव राखेको पाएको छु ।

अर्को कुरा, यहाँका मतदाता आफ्नो अधिकार र कर्तव्यप्रति सचेत छन् । उनीहरूले योग्यता, क्षमता र दक्षताका आधारमा मेयरको रुपमा मलाई छान्छन् भन्ने कुरामा म विश्वस्त छु ।

चुनावी अभियानमा लागि सक्नुभएको छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

अहिले हामी घरदैलो कार्यक्रममा छौं । मतदाताको घर–घरमा पुग्दा मैले निकै हौसला पाएको छु । हाम्रो पार्टीलाई मत दिने कुरामा उहाँहरु सकारात्मक देखिएको मैले महसुस गरेको छु ।

तपाईसँग यसपटक बुटवलको मेयर पदको चुनाव जित्ने आधार के–के छन् ?

बुटवल उप–महानगरको विकासका लागि हामीसँग स्पष्ट कार्ययोजना छ । नयाँ सोच र चिन्तनका साथ मैले बुटवलको विकासलाई अगाडि बढाउने संकल्प नै लिएको छु । यहाँ सुकुम्बासी र अव्यवस्थित बसोबासीको ठूलो समस्या छ । यसको समाधानका लागि पनि विभिन्न विकल्पहरुबारे मैले सोचेको छु । हरेक निर्णयमा सबै क्षेत्रका व्यक्तिहरुलाई समेटेर अगाडि बढाउँछु ।

बुटवल उप–महानगरपालिको अब जित्ने मेयरको प्राथमिकता के–के हुनुपर्छ ?

बुटवललाई देशकै सबल आर्थिक केन्द्र र व्यावसायमैत्री शहर बनाउने हो । सुकुम्बासी समस्याको समाधान पहिलो प्राथमिकता हो । ज्योतिनगर पहिरो नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन समाधानका उपायहरू खोज्नै पर्नेछ । तिनाउ कोरिडोर निर्माण तथा मोतीपुर औद्योगिक क्षेत्र स्थापना पनि प्राथमिकतामा पर्छन् । यहाँको फोहरमैलाको व्यवस्थापन पनि प्राथमिकतामा पर्छ ।

बुटवलका प्रमुख समस्या के हुन् जसको निराकरण चाँडोभन्दा चाँडो गर्नुपर्छ ?

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकले नयाँ समस्या खडा गरेको छ । जतिसक्दो चाँडो यो बाटोको टुङ्गो लगाएर समस्या समाधान गर्ने पक्षमा छौं । कर दर अचाक्ली भयो भन्ने गुनासाहरु छन्, त्यसलाई पनि सम्बोधन गर्नुपर्ने छ ।

कांग्रेसभित्र अन्तर्घातको रोग पुरानै हो । अहिले पनि तपाईलाई टिकट दिइएकोमा तपाईकै पार्टीभित्र तीव्र असन्तुष्टि छ । पार्टीको क्षेत्रीय सभापतिले राजीनामै दिनुभयो । असन्तुष्टिलाई सम्बोधन हुन नसके चुनावी नतिजामा प्रभाव पर्ला कि ?

टिकटको इच्छा धेरैलाई हुन्छ तर टिकट थोरै हुन्छ । टिकट नपाउनुले असन्तुष्टि प्रकट गर्नु स्वभाविक हो । यो चलिआएकै कुरा हो । असन्तुष्ट साथीहरु पार्टीप्रति बफादार हुनुहुन्छ । मेरो सिफारिस नगर समितिले गरेको हो । त्यसलाई क्षेत्रीय समितिले पनि अनुमोदन गर्यो । जिल्ला समितिले पनि सदर गरेपछि मैले टिकट पाएको हो । यसैले पनि साथीहरुले पार्टीको प्रतिष्ठालाई माथि राख्नेगरि निर्वाचनमा सक्रियता देखाउनुहुन्छ भन्ने कुरामा मलाई विश्वास छ ।

चुनाव जित्नुभयो भने सबैभन्दा पहिलो निर्णय के गर्नुहुन्छ ?

सबैभन्दा पहिले एउटा पार्क निर्माण गरेर बीपी र पुष्पलाल, पूर्व मेयर स्व. सूर्यप्रसाद प्रधानको सालिक राखेर सबैको साझा चौतारी बनाउने छु ।

चुनाव धेरै महंगो भयो । भड्किलो भयो ? कसरी जित्नुहोला ?

म विगत तीन दशकदेखि भाडाको घरमा बस्दै आएको छु । मसँग सम्पत्तिको नाममा केही पनि छैन । शुभचिन्तक र साथीहरुको सहयोगमा मैले चुनाव लड्ने हो । पैसा खर्च गरेर अनावश्यक तडक–भडक देखाएर चुनाव लड्ने पक्षमा म हिजो पनि थिइनँ,आज पनि छैन ।
……………………………………………

‘जनतामा भिजेको सरल तर सक्रिय ब्यक्तित्व’

२०२६ मा स्याङ्जामा जन्मिएका पाण्डे अहिले बुटवलस्थित सुक्खानगरमा बस्छन् । विद्यालय जीवनमै स्याङ्जाबाट राजनीति प्रारम्भ गरेका पाण्डेले काठमाडाैँमा पढ्दा र त्यसपछि बुटवल आएपछि आफ्नो राजनीतिक सक्रियता झनै बढाउन थाले । नेपाली कांग्रेस रोजेर राजनीतिक अभ्यास शुरु गरेका पाण्डेले निरन्तर सोही पार्टीभित्र रहेर राजनीती जारी राखे ।

आदर्श मावि, स्याङ्जामा पढ्दै गर्दा २०३९ मा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक जीवन शुरु गरेका पाण्डेले पछाडि फर्केर हेर्नुपरेन । ०६७ मा कांग्रेसको बुटवल नगर सभापति भएदेखि अहिलेसम्म पनि उनी सोही पदमा छन् । यो उनको तेस्रो कार्यकाल हो ।

श्रीमती र छोराकासाथ बुटवलमा बस्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । राजनीति र सामाजिक कार्यमा आफूलाई सक्रिय राख्दै आएका कांग्रेसका पूर्णकालीन कार्यकर्ता पाण्डे ‘लो–प्रोफाइल’ मा बस्न रुचाउने तर पार्टी र सामाजिक काममा खुबै खटिने व्यक्तिका रुपमा बुटवलमा परिचित छन् ।

बीपी कोइरालाका पुस्तक पढेर र अग्रजहरुबाट उनका बारेमा सुनेपछि प्रभावित भएकै कारण कांग्रेसमा निरन्तर लागि परेका पाण्डेले झण्डै चार दशक लामो आफ्नो राजनीतिक यात्रामा सरल स्वभाव, सामान्य परिवार तर प्रस्ट वक्ताको छवि निर्माण गरेका छन् ।

सबै पार्टीसँग समन्वय र सहकार्य गर्नुपर्छ भन्ने मान्यता राख्ने पाण्डेलाई बुटवलमा उच्च राजनीतिक संस्कारयुक्त व्यक्तिका रुपमा चिनिन्छ ।

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
कांग्रेसले भीमबहादुरलाई नसम्झिएर के भो ?



...
зарубежные сериалы в хорошем HD качестве

Wow, wonderful blog layout! How long have you been blogging for? you make blogging look easy. The overall look of your web site is wonderful, let alone the content! зарубежные сериалы в хорошем HD качестве

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो