English

मेकअप गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्



महिला सुन्दर देखिनका लागि मेकअप गर्छन् । मेकअपले सौन्दर्य बढाउँछ । थोरै मस्कारा र लिपस्टिक वा ग्लोस लगाएर आफ्नो अनुहार चम्किलो बनाउँछन् । यही कारणले गर्दा आजकल मेकअप धेरैजसो युवतीहरूको जीवनको अत्यावश्यक हिस्सा बनेको छ ।

तर मेकअप गर्दा यो कुरा ध्यानमा राख्नु पर्छ कि यदि मेकअपले छालाको सौन्दर्य बढाउन सक्छ भने यसले बिगार्न पनि सक्छ । त्यसैले मेकअप गर्दा यस्ता गल्ती गर्नु हुँदैन ।

बारम्बार अनुहार धुने

मेकअप गर्नु अघि अनुहार सफा गर्नुपर्छ तर धेरै पटक अनुहार धुनु हुँदैन । आफ्नो अनुहार धेरै पटक धुनाले तपाईको छालाको चमक हटाउँछ र छाला सुख्खा बनाउँछ । त्यसैले अनुहार दिनमा दुई पटकभन्दा बढी धुनु हुँदैन ।

सुख्खा अनुहारमा मेकअप

सुख्खा छालामा मेकअप कहिल्यै गर्नु हुँदैन । मेकअप गर्नुअघि अनुहारमा मोइस्चराइजर लगाएर यसलाई सामान्य बनाउनुहोस् । यसबाहेक, धेरै फाउन्डेसन पनि प्रयोग नगर्नुहोस् ।

आई ब्रोको सही आकार

आँखाको मेकअप अनुहारको मेकअपको सबैभन्दा महत्त्वपूर्ण भाग हो । आई ब्रोलाई सही आकार दिन महत्त्वपूर्ण हुन्छ । आई ब्रोको आकार सामान्य राख्न प्रयास गर्नुहोस् । यदि तपाईं आई ब्रोको सही आकार दिन चाहनुहुन्छ भने, पेन्सिलको सट्टा ब्रस प्रयोग गर्नुहोस् ।

मेकअप सामान साझा नगर्नुहोस्

मेकअपका उत्पादनहरू कसैसँग सेयर नगर्नुहोस् । मेकअप व्यक्तिगत कुरा हो । अझ मेकअपका सामानहरू पनि अलग–अलग राख्दा राम्रो हुन्छ ।

फेसअनुसार मेकअपको छनोट गर्ने

मेकअप गर्दा आफ्नो अनुहारलाई सुट गर्ने मेकअप उत्पादनहरूको छनोट गर्नु पर्छ । यसले तपाईको अनुहार बिर्गानबाट जोगाउँछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested