मुम्बईको पहिलो जित



राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे ।

मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान दुई विकेट लिए ।

जितसँगै मुम्बईले आठ खेलपछी पहिलो २ अंक जोडेको छ । राजस्थानले ९ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष

नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले

नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा

Suggested