पन्जाबलाई हराउँदै लखनउको छैटौँ जित



पन्जाब किङ्सलाई २० रनले हराउँदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटमा छैटौं जित निकालेको छ । पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । लखनउका मोसिन खानले ३ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । लखनउका क्विन्टन डी ककले सर्वाधिक ४६ रन जोड्दा दीपक होडाले ३४ रन बनाए ।

पन्जाबका कागिसो राबडाले ४ विकेट लिए । लखनउले ८ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबले ९ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ । डकवर्थ लुईस नियम अनुसार लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले यूएईमाथि सानदार जित निकालेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा टस

‘सुन्दरताको भण्डार साराके खनाया यसै रारामारारा की अप्सरा ! –महेन्द्र शाह ।’ बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी रूप