English

आइपिएल : राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई हरायो



इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई २३ रनले पराजित गरेको छ । मुम्बईको डि.वाइ.पटेल स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनायो ।

राजस्थानका लागि जोस बट्लरले शतक प्रहार गरे । ६८ बल खेलका उनले ११ चौका र ५ छक्काको मद्दतमा १०० रन बनाए । यस्तै सिमरोन हेटमायरले ३५ र सञ्जु सामसनले ३० रन बनाए ।

बलिङतर्फ मुम्बईका जसप्रीत बुमराह र त्यामल मिल्सले तीन–तीन तथा किरन पोलार्डले एक विकेट लिए ।

१९४ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ गुमाउँदै १७० रन मात्रै बनायो । मुम्बईमा तिलक वर्माले ६१, इशान किशानले ५४, किरन पोलार्ड २२ रन बनाए ।

यो पनि…
आइपिएल : कोलकत्ताका अगाडि निरीह पन्जाब किङ्स

विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का