English

आइपिएल : राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई हरायो



इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई २३ रनले पराजित गरेको छ । मुम्बईको डि.वाइ.पटेल स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनायो ।

राजस्थानका लागि जोस बट्लरले शतक प्रहार गरे । ६८ बल खेलका उनले ११ चौका र ५ छक्काको मद्दतमा १०० रन बनाए । यस्तै सिमरोन हेटमायरले ३५ र सञ्जु सामसनले ३० रन बनाए ।

बलिङतर्फ मुम्बईका जसप्रीत बुमराह र त्यामल मिल्सले तीन–तीन तथा किरन पोलार्डले एक विकेट लिए ।

१९४ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ गुमाउँदै १७० रन मात्रै बनायो । मुम्बईमा तिलक वर्माले ६१, इशान किशानले ५४, किरन पोलार्ड २२ रन बनाए ।

यो पनि…
आइपिएल : कोलकत्ताका अगाडि निरीह पन्जाब किङ्स

विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested