संयुक्त राष्ट्रसंघद्वारा युक्रेन मामिलामा आफू असफल भएकाेमा आत्मालोचना



संयुक्त राष्ट्र संघले युक्रेन मामलामा आफूहरू असफल भएको स्वीकार गरेको छ । युक्रेन भ्रमणमा गएका महासचिव गुटेरेसले युद्ध रोक्न नसकेकामा असफल भएकाे स्वीकार गरेका छन् । राष्ट्रसंघको विफलता स्वीकार्ने क्रममा गुट्रेसले सुरक्षा परिषद्को आलोचना गर्दै युद्ध रोक्न र अन्त्य गर्न सुरक्षा परिषद् असफल रहेको बताए ।

विश्व शान्ति र सुरक्षाको लागि भनिएको सुरक्षा परिषद् युक्रेन संकटको मामलामा पूर्णरूपमा असफल भएको उनको निष्कर्ष छ । गुट्रेस युक्रेनको राजधानी किभमा रहँदा नै त्यहाँ रकेट आक्रमण भएको थियो ।

युद्ध रोक्न नसकेकामा युक्रेन सरकारले पनि राष्ट्र संघको आलोचना गरिरहेको छ । राष्ट्र संघ सुरक्षा परिषद्को पाँच स्थायी सदस्य मध्येको एक रूसले यस मुद्दामा एक पटक भन्दा बढी भिटो शक्ति प्रयोग गरेको छ ।

युक्रेन भ्रमणपछि महासचिव गुटेरेसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हामी हार मान्दैनौं भन्नको लागि युक्रेन आएको बताएका छन् ।

यो पनि
ब्राजिलमा भीषण बाढी पहिरो : कम्तिमा ७१ जनाको मृत्यु
रुसद्वारा युक्रेनमाथि रातभरि क्षेप्यास्त्र वर्षा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सामान्यतया कुनै पनि देशको सिमानामा अर्को देशसँगको सिमाना निर्धारण गर्न पर्खाल वा काँडे तार जडान गरिन्छ। जसका कारण दुवै देशको

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ पोलिटब्युरो महिलाविहीन बनेको छ। २० औं राष्ट्रिय अधिवेशनबाट कुनै पनि महिला पोलिटब्युरोमा चयन नभएका हुन्। यसपटक

उत्तर कोरियाका शासक किम जोङ उन फेरि देशभरिमै उत्कृष्ट पहिरन लगाउने पुरूष बनेका छन्। विगत आठ वर्षदेखि उनले यो उपाधि

आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः बाल्टिक समुद्रमा डुंगा