English

संयुक्त राष्ट्रसंघद्वारा युक्रेन मामिलामा आफू असफल भएकाेमा आत्मालोचना



संयुक्त राष्ट्र संघले युक्रेन मामलामा आफूहरू असफल भएको स्वीकार गरेको छ । युक्रेन भ्रमणमा गएका महासचिव गुटेरेसले युद्ध रोक्न नसकेकामा असफल भएकाे स्वीकार गरेका छन् । राष्ट्रसंघको विफलता स्वीकार्ने क्रममा गुट्रेसले सुरक्षा परिषद्को आलोचना गर्दै युद्ध रोक्न र अन्त्य गर्न सुरक्षा परिषद् असफल रहेको बताए ।

विश्व शान्ति र सुरक्षाको लागि भनिएको सुरक्षा परिषद् युक्रेन संकटको मामलामा पूर्णरूपमा असफल भएको उनको निष्कर्ष छ । गुट्रेस युक्रेनको राजधानी किभमा रहँदा नै त्यहाँ रकेट आक्रमण भएको थियो ।

युद्ध रोक्न नसकेकामा युक्रेन सरकारले पनि राष्ट्र संघको आलोचना गरिरहेको छ । राष्ट्र संघ सुरक्षा परिषद्को पाँच स्थायी सदस्य मध्येको एक रूसले यस मुद्दामा एक पटक भन्दा बढी भिटो शक्ति प्रयोग गरेको छ ।

युक्रेन भ्रमणपछि महासचिव गुटेरेसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हामी हार मान्दैनौं भन्नको लागि युक्रेन आएको बताएका छन् ।

यो पनि
ब्राजिलमा भीषण बाढी पहिरो : कम्तिमा ७१ जनाको मृत्यु
रुसद्वारा युक्रेनमाथि रातभरि क्षेप्यास्त्र वर्षा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested