English

रुसद्वारा युक्रेनमाथि रातभरि क्षेप्यास्त्र वर्षा



रुसले युक्रेनमाथि आक्रमणको नयाँ चरण शुरु भएको घोषणा मंगलबार गरेको छ। लुहान्स्क र दोनेस्क कब्जा गर्ने उद्देश्यले आक्रमण सघन बनाइएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। यससँगै युक्रेनी निशानाहरूमा रुसले क्षेप्यास्त्र वर्षा गर्न थालेको खबर छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले यो समग्र सैन्य कारबाहीको महत्त्वपूर्ण क्षण भएको बताए।

पछिल्लो समय सार्वजनिक रुपमा कम देखिँदै आएका रक्षामन्त्री सेर्गेइ सोइगुले भने रुसी फौजले ‘दोनेस्क र लुहान्स्क मुक्त गर्ने योजना पुरा गरिरहेको’ बताए।

मार्च अन्तिममा राजधानी किभ क्षेत्रबाट फौज गरेपछि रुसले आफ्नो प्रमुख योजना दोनेस्क र लुहान्स्क कब्जा गर्नु रहेको बताउँदै आएको छ।

लुहान्स्क ओब्लास्टका सेर्गेइ हेइदेइले रुसी कब्जामा पर्न मन नभए तत्काल केही नसोची सो क्षेत्र छाड्न त्यहाँका बासिन्दालाई आह्वान गरेका छन्।

रुसले करिब ३ सय माइल लामो मोर्चामा आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूले सोमबार नै बताएका छन्।

रातभर युक्रेनका दोनबास, माइकोलेवलगायतका क्षेत्रमा विभिन्न निसानामा क्षेप्यास्त्र प्रहार गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले २८ कमान्ड केन्द्र, चार गोलाबारुद गोदाम, दुई क्षेप्यास्त्र प्रणाली र युक्रेनी सेनाको १२ सय वटा समूहमा आक्रमण गरिएको जनाएको छ।

युक्रेनी राष्ट्रपतिका सल्लाहका अलेक्सेइ एरेस्टोभिचले भने रुसको आक्रमण सफल नहुने दाबी गरेका छन्।

अजोब सागरको किनारमा अवस्थित मारिओपोल सहर केही दिनभित्रै कब्जा गर्ने रुसी सैन्य अधिकारीहरूको भनाइ छ।

घेरामा परेका युक्रेनी सैनिक तथा विदेशी लडाकुहरूलाई रुसले आत्मसमर्पणका लागि केही घण्टाको समय दिएको छ।

यो पनि
फिलिपिन्समा बाढी : ५३ जनाको मृत्यु, गाउँ जलमग्न
ब्राजिलमा भीषण बाढी पहिरो : कम्तिमा ७१ जनाको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested