English

क्रोएसियाका पूर्व रक्षामन्त्री हिमाल चढ्न नेपालमा



क्रोएसियाका पूर्व रक्षामन्त्री एवं राजनीतिज्ञ आन्टे कोट्रोमानोभिच हिमाल आरोहणका लागि नेपाल आइपुगेका छन् । सन् २०११ देखि २०१६ सम्म उनी क्रोएसियाका रक्षामन्त्री थिए । सोसियल डेमोक्रेटिक पार्टीमा आबद्ध उनी त्यसअघि क्रोएसियन सेनाको ब्रिगेडियर कमाण्डर थिए । साहसिक काममा रुचि राख्ने उनी आमा दब्लम हिमाल चढ्न शनिबार नेपाल आइपुगेका हुन् । किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाको नेतृत्वमा उनको टोली सोमबार सबेरै लुक्ला प्रस्थान गरेको छ । फुर्वाले १४ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । नेपालको उत्तर पूर्वको खुम्बु हिम श्रृंखलामा अवस्थित आमा दब्लमको उचाई ६ हजार ५ सय १२ मिटर छ ।

‘नेपालका बारे मलाई त्यत्ति धेरै थाहा छैन्’, साढे छ फुट अग्ला ५२ वर्षीय कोट्रोमानोभिचले भने, ‘तर नेपाली शेर्पाहरु आरोहणका लागि विश्वमै उत्कृष्ट छन् ।’

प्राविधिक रुपमा कठिन मानिएको आमा दब्लम नै किन रोज्नु भयो ? प्रश्नमा उनले भने, ‘म सेनाको मान्छे, त्यसमाथि मलाई चुनौतीपूर्ण र साहसिक काम मनपर्छ ।’ तीन वर्षअघि उनले चीनको ‘मुस्ताखाता’ हिमाल आरोहणको प्रयास नगरेका होइनन् । तर सफल हुन सकेनन । ‘तर यसपालिको आरोहण सफल हुनेमा म ढुक्क छु, किनकी म सँग फुर्वाजस्ता साहसिक शेर्पाहरुको साथ रहनेछ’, उनले हौँसिदै थपे ‘यो आरोहण सफल भए, मेरो आगामी लक्ष्य सगरमाथा चढने रहनेछ ।’ युरोपेली मुलुकबाट नेपालको अग्लो हिमाल चढ्ने आफु पहिलो उच्चस्तरीय नेता भएको समेत उनले दाबी गरे । ‘नेपालका बारे मलाई त्यत्ति धेरै थाहा छैन्’, साढे छ फुट अग्ला ५२ वर्षीय कोट्रोमानोभिचले भने, ‘तर नेपाली शेर्पाहरु आरोहणका लागि विश्वमै उत्कृष्ट छन् ।’

आन्टे कोट्रोमानोभिच

पछिल्लो विश्वकपमा फुटबलका महारथी राष्ट्रहरुलाई हराउँदै फाइनल पुगेर क्रोएसियाले संसारकै ध्यान खिचेको थियो । फुटबलमा यो स्तरको सफलता कसरी सम्भव भयो ? यो जिज्ञासामा कोट्रोमानोभिचले भने, ‘हाम्रोमा फुटबल धेरै सानो उमेरदेखि खेलिन्छ, त्यहाँ धेरै प्रतिभावान खेलाडीहरु छन्, निरन्तरको तालिम, मेहनत, समर्पण, फुटबल स्कुलहरु र सरकारले फुटबललाई दिएको सेवा सुविधा र महत्वले नै यो खेल माथि पुगेको हो,’ उनले थपे, ‘क्रोएसियनहरु फुटबललाई अत्यन्तै माया गर्छन् ।’

कुराकानीकै सन्दर्भमा उनले नेपाली फुटबलको समेत प्रशंसा गरे । नेपाल र भारत बीचको साफ फुटबल फाइनल बारे आफु जानकार रहेको उनले सुनाए । पछिल्लो विश्वकपमा फुटबलका महारथी राष्ट्रहरुलाई हराउँदै फाइनल पुगेर क्रोएसियाले संसारकै ध्यान खिचेको थियो । करिब ४० लाख जनसंख्या भएको क्रोएसिया युरोपको सानो मुलुक मध्येको हो । फुटबलमा यो स्तरको सफलता कसरी सम्भव भयो ? यो जिज्ञासामा कोट्रोमानोभिचले भने, ‘हाम्रोमा फुटबल धेरै सानो उमेरदेखि खेलिन्छ, त्यहाँ धेरै प्रतिभावान खेलाडीहरु छन्, निरन्तरको तालिम, मेहनत, समर्पण, फुटबल स्कुलहरु र सरकारले फुटबललाई दिएको सेवा सुविधा र महत्वले नै यो खेल माथि पुगेको हो,’ उनले थपे, ‘क्रोएसियनहरु फुटबललाई अत्यन्तै माया गर्छन् ।’

एक नेताले राष्ट्रको नीति नियमहरुको दुरुस्त पालना गर्नै पर्छ । भ्रष्टाचारलाई रोक्दै मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने मै नेताको चिन्तन हुनुपर्छ ।

राजनीतिज्ञप्रति जनताको सधै गुनासो रहन्छ, एक नेताको रुपमा तपाईको भनाई के छ भन्ने प्रश्नमा उनले भने, ‘प्रत्येक देशका जनताको नेताप्रति गुनासो हुन्छ नै, हाम्रोमा पनि छ । तर एक नेताले राष्ट्रको नीति नियमहरुको दुरुस्त पालना गर्नै पर्छ । भ्रष्टाचारलाई रोक्दै मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने मै नेताको चिन्तन हुनुपर्छ । म सैनिक पृष्ठभूमिबाट मन्त्री भएकाले सिधा बोल्ने र बोलेको पुरा गर्न प्रयासरत रहे, जुनकुरा जनताले मन पराएजस्तो लाग्छ ।’

आरोही फुर्वा तेन्जिङ शेर्पा (दायाँबाट पहिलो) सँग आन्टे कोट्रोमानोभिच

पत्रकारितामा समेत स्नातक गरेका उनले एकवर्ष क्रोएसियन दैनिकमा स्तम्भकारका रुपमा कलम चलाएको बताए । दुई छोरीका पिता उनले आफ्ना सन्तानले पनि सानै देखि साहसिक खेलमा रुचि राख्ने गरेको सुनाए । अगाडि कफीको कप थियो । उनले सोधे, के हो यो ? आरोही फुर्वाले जवाफ दिए, कफी । पहिलो सुर्की लिँदै वाउ डिलिसियल, ‘म कफी कहिल्यै पिउँदिन तर स्वाद निकै मिठो लाग्यो ।’

यो पनि पढ्नुहोस्
यसरी पूरा भयो राजकुमारको सगरमाथा चुम्ने सपना (फोटो/ भिडियो)
अमेरिकाबाट हिमाल मुनिको यात्रा
के चाहिन्छ ! सगरमाथा चढ्न ?
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने
१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना
३०३ जनाले लिए आरोहण अनुमति
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक
अमेरिकाबाट हिमाल मुनिको यात्रा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,