English

रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता



यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएको छ ।

म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयो ।

इग्लिस प्रीमियर लिग लिडरसमेत रहेको सिटीले सुरुआत २-० को अग्रता गुमाएको थियो । खेलको पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए ।

सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १-१ गोल गरे ।

भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहितजम्मा २ गोल गरे । यस्तै भिनिसिअस जुनियरले १ गोल गरे ।

पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ । पेरिसमा हुने फाइनल पुग्न दोस्रो लिगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको बिकल्प छैन ।

दोस्रो लिग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested