English

रियलको जित, म्यानचेस्टर सिटी पराजित



करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलको सहयोगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ । जितसँगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ । पराजित मालोर्का २६ अंकसहित १६औं स्थानमा छ ।

म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरक्षक बराबरी खेल्न बाध्य भएको छ । अंक बाढेसँगै सिटीले दोस्रो स्थानको लिभरपुलसँग दूरी बढाउने अवसर गुमाएको छ ।

प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनी फिनिसिङमा चुक्न पुग्यो । बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । प्यालेस भने २९ अंकसहित ११औं स्थानमा छ ।

यो पनि…
आईपीलमा प्रशिक्षकको भूमिकामा मालिंगाको प्रवेश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का