English

आईपीलमा प्रशिक्षकको भूमिकामा मालिंगाको प्रवेश



श्रीलंकाका पूर्व फास्ट बलर लसिथ मालिंगा इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलोपटक प्रशिक्षकको भूमिकामा देखिने भएका छन् । मालिंगा यस सिजनमा राजस्थान रोयल्सको बलिङ प्रशिक्षकको रूपमा हुनेछन् ।

राजस्थान रोयल्स (आर आर)ले इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औँ सिजनका लागि श्रीलंकाका खेलाडी लसिथ मालिंगालाई बलिङ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

मालिंगा यो लिगमा पहिलोपटक प्रशिक्षकको भूमिकामा देखिनेछन् । यसअघि, उनले मुम्बई इन्डियन्सबाट धेरैपटक उपाधि जितिसकेका छन् ।

३८ वर्षीय मालिंगाले हालै अस्ट्रेलिया भ्रमणका क्रममा श्रीलंकाली टोलीको बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । लसिथ मालिंगा पहिलो सिजनदेखि मुम्बई इन्डियन्ससँग थिए ।

उनले आफ्नो अन्तिम लिग २०१९को फाइनलमा चेन्नेई विरुद्धको खेल खेलेका थिए । यस खेलमा पनि उनले आफ्नो बलिङबाट मुम्बई इन्डियन्सलाई चौथोपटक उपाधि दिलाएका थिए ।

पहिलोपटक मालिंगा मुम्बई इन्डियन्सलाई छाडी राजस्थान फरक ड्रेसिङको रूपमा देखिनेछन् ।

यो पनि
दीपेन्द्रसिंह ऐरी ‘आईसीसी प्लेयर अफ द मन्थ’ काे मनाेनयनमा
बिहेअघि नै प्रेमिकामार्फत बुबा बनेका यी क्रिकेटर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested