English

आईपीलमा प्रशिक्षकको भूमिकामा मालिंगाको प्रवेश



श्रीलंकाका पूर्व फास्ट बलर लसिथ मालिंगा इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलोपटक प्रशिक्षकको भूमिकामा देखिने भएका छन् । मालिंगा यस सिजनमा राजस्थान रोयल्सको बलिङ प्रशिक्षकको रूपमा हुनेछन् ।

राजस्थान रोयल्स (आर आर)ले इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औँ सिजनका लागि श्रीलंकाका खेलाडी लसिथ मालिंगालाई बलिङ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

मालिंगा यो लिगमा पहिलोपटक प्रशिक्षकको भूमिकामा देखिनेछन् । यसअघि, उनले मुम्बई इन्डियन्सबाट धेरैपटक उपाधि जितिसकेका छन् ।

३८ वर्षीय मालिंगाले हालै अस्ट्रेलिया भ्रमणका क्रममा श्रीलंकाली टोलीको बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । लसिथ मालिंगा पहिलो सिजनदेखि मुम्बई इन्डियन्ससँग थिए ।

उनले आफ्नो अन्तिम लिग २०१९को फाइनलमा चेन्नेई विरुद्धको खेल खेलेका थिए । यस खेलमा पनि उनले आफ्नो बलिङबाट मुम्बई इन्डियन्सलाई चौथोपटक उपाधि दिलाएका थिए ।

पहिलोपटक मालिंगा मुम्बई इन्डियन्सलाई छाडी राजस्थान फरक ड्रेसिङको रूपमा देखिनेछन् ।

यो पनि
दीपेन्द्रसिंह ऐरी ‘आईसीसी प्लेयर अफ द मन्थ’ काे मनाेनयनमा
बिहेअघि नै प्रेमिकामार्फत बुबा बनेका यी क्रिकेटर



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा