English

रियलको सहज जित, बेन्जेमाले चुकाए दुई पेनाल्टी



ओसासुनालाई ३–१ अन्तरले पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । घरेलु मैदानमा स्टार खेलाडी करिम बेन्जेमाले पाएको दुई पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

यद्यपि डेभिड अलाबा, मार्को एसेन्सियो र लुकास भास्क्वेजको गोलमा रियलले महत्त्वपूर्ण तीन अंक हात पार्‍यो । ओसासुनाका एन्टि बुडिमिरले सान्त्वना गोल गरे ।

बेन्जेमाले दोस्रो हाफको ५१औं र ५९ औं मिनेटमा दुई पेनाल्टी चुकाएका थिए । उनको दुबै प्रहार ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाएका थिए ।

जितसँगै रियलले ३३ खेलबाट ७८ अंक सहित शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडको ६१ अंक तथा तेस्रो स्थानको बार्सिलोनाको ६० अंक छ ।

यो पनि
दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो
आईपीएलमा हैदराबाद ७ विकेटले विजयी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का