English

स्मार्ट हुन मन छ ? यसो गर्नुहोस्



स्टाइलिस देखिने रहर सबैलाई हुन्छ । तर, स्टाइलिस देखिन चलिरहेको फेसन ट्रेन्डलाई पछ्याउनुपर्छ । फेसन ट्रेन्ड समयअनुसार बदलिरहेको हुन्छ ।

नयाँ फेसन ट्रेन्ड पछ्याउँदा कलर कम्बिनेसन मिलाउन सकिएन, एक्ससरिजअनुसार आउटफिट छनोट गर्न सकिएन भने चाहेर पनि स्टाइलिस देखिन सकिँदैन । त्यसैले, फेसनेबल देखिन यी कुरामा ध्यान दिनुहोस् ।

– प्रिन्टेड टप र प्रिन्टेड लेगिङ्स लगाउन चाहनुहुन्छ भने सादा रङका एक्सेसरिज लगाउनुपर्छ ।
– एनिमल प्रिन्टको कुनै पनि ड्रेस लगाउँदै हुनुहुन्छ भने सनग्लास, ब्याग, फुटवेयर, हेयर एक्सेसरिज या बेल्टमध्ये कुनै एउटा मात्र एनिमल प्रिन्ट लगाउनुहोस् ।
– सादा ड्रेसमा एनिमल प्रिन्टको एक्सेसरिजको सट्टा फ्लोरल प्रिन्टको एक्सेसरिज प्रयोग गर्दा पनि राम्रो देखिन्छ । यसो गर्दा उमेर कम देखिनुका साथै फ्रेस लुक पाउन सकिन्छ ।
– सादा फेब्रिकसँग म्याचिङ एक्सेसरिज प्रयोग गर्दा नसुहाउने हुन्छ । त्यसैले, एनिमल प्रिन्टेड ब्याग वा जुत्ता–सेन्डेलको प्रयोग गर्दा राम्रो देखिन्छ ।
– सर्ट ड्रेस कम्फर्टको हिसाबले राम्रो मानिन्छ । एक्सएल साइजको सर्ट लगाउने हो भने बडी सेपको लागि कुनै पनि किसिमको बेल्ट प्रयोग गर्र्न सक्नुहुन्छ ।
– सुन्तला रङको घडी, ब्याग एवं जुत्ता–चप्पल प्रयोग गरी ट्रेन्डी लुक पाउन सकिन्छ ।
– रंगीन कुर्तासँग सादा रङको लेगिङ्स र चम्किलो रङको एक्सेसरिज प्रयोग गर्नुपर्छ ।
यसरी, स्टाइलिस देखिन चलिरहेको फेसन ट्रेन्डलाई पछ्याइरहेमा तपाईंले आफूलाई स्मार्ट र स्टाइलिस पाउनुहुन्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको