English

स्मार्ट हुन मन छ ? यसो गर्नुहोस्



स्टाइलिस देखिने रहर सबैलाई हुन्छ । तर, स्टाइलिस देखिन चलिरहेको फेसन ट्रेन्डलाई पछ्याउनुपर्छ । फेसन ट्रेन्ड समयअनुसार बदलिरहेको हुन्छ ।

नयाँ फेसन ट्रेन्ड पछ्याउँदा कलर कम्बिनेसन मिलाउन सकिएन, एक्ससरिजअनुसार आउटफिट छनोट गर्न सकिएन भने चाहेर पनि स्टाइलिस देखिन सकिँदैन । त्यसैले, फेसनेबल देखिन यी कुरामा ध्यान दिनुहोस् ।

– प्रिन्टेड टप र प्रिन्टेड लेगिङ्स लगाउन चाहनुहुन्छ भने सादा रङका एक्सेसरिज लगाउनुपर्छ ।
– एनिमल प्रिन्टको कुनै पनि ड्रेस लगाउँदै हुनुहुन्छ भने सनग्लास, ब्याग, फुटवेयर, हेयर एक्सेसरिज या बेल्टमध्ये कुनै एउटा मात्र एनिमल प्रिन्ट लगाउनुहोस् ।
– सादा ड्रेसमा एनिमल प्रिन्टको एक्सेसरिजको सट्टा फ्लोरल प्रिन्टको एक्सेसरिज प्रयोग गर्दा पनि राम्रो देखिन्छ । यसो गर्दा उमेर कम देखिनुका साथै फ्रेस लुक पाउन सकिन्छ ।
– सादा फेब्रिकसँग म्याचिङ एक्सेसरिज प्रयोग गर्दा नसुहाउने हुन्छ । त्यसैले, एनिमल प्रिन्टेड ब्याग वा जुत्ता–सेन्डेलको प्रयोग गर्दा राम्रो देखिन्छ ।
– सर्ट ड्रेस कम्फर्टको हिसाबले राम्रो मानिन्छ । एक्सएल साइजको सर्ट लगाउने हो भने बडी सेपको लागि कुनै पनि किसिमको बेल्ट प्रयोग गर्र्न सक्नुहुन्छ ।
– सुन्तला रङको घडी, ब्याग एवं जुत्ता–चप्पल प्रयोग गरी ट्रेन्डी लुक पाउन सकिन्छ ।
– रंगीन कुर्तासँग सादा रङको लेगिङ्स र चम्किलो रङको एक्सेसरिज प्रयोग गर्नुपर्छ ।
यसरी, स्टाइलिस देखिन चलिरहेको फेसन ट्रेन्डलाई पछ्याइरहेमा तपाईंले आफूलाई स्मार्ट र स्टाइलिस पाउनुहुन्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested