English

युवतीहरुको अगाडि कूल देखिन ड्रग्स लिन्थेँः सञ्जय दत्त



साउथ फिल्म ‘केजीएफ २’मा अधीराको भूमिकामा अभिनेता सञ्जय दत्तको अभिनयको निकै प्रशंसा भइरहेको छ । हालै एक अन्तर्वार्तामा उनले क्यान्सर र ड्रग एडिक्सनको बारेमा बताएका छन् । ड्रग्स सेवनले उनको करिअर नै ध्वस्त भएको थियो । पिता सुनील दत्तको सुझावमा ड्रग्सको लत छुटाउन अमेरिकाको रिह्याब सेन्टरमा बसेका उनी अहिले ड्रग्सबाट पूर्ण रुपमा मुक्त छन् ।

उनले भनेका छन्, ‘म युवतीहरुको अगाडि निकै लजाउँथेँ । मलाई लाग्थ्यो कि ड्रग्स लिएपछि म कूल देखिन्छु । यही कारण मैले ड्रग्स लिन थालेँ । ड्रग्स लिएपछि म युवतीहरुको अगाडि कूल देखिन्थेँ । तर, ड्रग्सका कारण मेरो जिन्दगीको १० वर्ष एउटा कोठा या बाथरुमभित्रै वित्यो । मलाई फिल्ममा काम गर्न पटक्कै मन लाग्दैन थियो । ड्रग्सले मेरो जिन्दगी नै तहसनहस बनाएको थियो ।’

रिह्याब सेन्टरबाट फर्किएपछि मानिसहरुले आफूलाई ‘चरसी’ भनेर बोलाउने गरेको सञ्जय सम्झन्छन् । उनी भन्छन्, ‘सडकमा हिँडिरहेका मानिसहरु मलाई यसरी बोलाउँथे । यसपछि मैले आफूलाई परिवर्तन गर्ने निर्णय गरेँ । मैले शरीर बनाउन वर्कआउट गर्न सुरु गरेँ । यसपछि म ‘चरसी’बाट एक यस्तो व्यक्ति बनेँ, जुन देखेपछि मानिसहरु भन्ने गर्थे– ‘क्या स्वाग छ, क्या बडी छ ।’

लकडाउनको समयमा सिढी चढ्ने क्रममा सास फेर्न गाह्रो भएपछि डाक्टरसँग सल्लाह गरेर एक्स–रे गर्दा आफ्नो फोक्सोमा पानी भरिएको थाहा पाएको सञ्जयले बताएका छन् । डाक्टरले टिभी हुनसक्ने आशंकाले फोक्सोको पानी निकाले पनि पछि चेकजाँच गर्दा क्यान्सर निस्किएको उनी बताउँछन् । किमोथेरेपीपछि निको भएका उनी क्यान्सरलाई डटेर सामना गर्नुपर्ने धारणा राख्छन् ।

यो पनि
पल प्रकरण : पीडित ‘नाबालिग’ले फेरिन् बयान
पल–समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested