English

पल प्रकरण : पीडित ‘नाबालिग’ले फेरिन् बयान



अभिनेता पल शाह विरुद्धको मुद्धामा नयाँ मोड आएको छ । पलविरुद्ध जबर्जस्ती करणीको मुद्धामा नाबालिग (गायिका)ले आइतबार अदालतमा बयान फेरेसँगै मुद्धाले फरक बाटो लिने संकेत देखिएको अदालत स्रोतले जनाएको हो ।

‘अब नाबालिग नै होस्टाइल बन्ने संकेत देखिएको छ,’ स्रोतले भन्यो, ‘पीडित बालिकाको पीडित बाबुले पनि बयान फेरेका छन् ।’ बलात्कारको मुद्धामा पीडितले बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ ।

पीडित नाबालिगका बाबुले आफ्नी छोरीमाथि पलले जवर्जस्ती करणी गरेको भन्दै ११ फागुनमा जिल्ला अदालत तनहुँमा जाहेरी दिएका थिए । साथै, त्यसको चार दिन पश्चात अर्थात् १५ फागुनमा उनले नवलपरासीस्थित गैंडाकोट प्रहरी चौकीमा अर्को जाहेरी दिएका थिए ।

सोही दिन जिल्ला अदालत तनहुँले पललाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । थुनछेक बहसपछि १० चैतमा पललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै पल यतिबेला तनहुँ कारागारमा छन् ।

यो पनि…
पल–समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पल शाह प्रकरण : पक्ष/विपक्षमा विभाजित सिने क्षेत्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested