English

राजेन्द्र महतोको फेसबुक ह्याक



लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो सामाजिक सञ्जाल फेसबुक ह्याक भएको बताएका छन् ।

महतोले पार्टी छाडेको आशयसहितको फेसबुकको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल भएपछि महतोले सो कुरा बताएका हुन् । उनले दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।

भाइरल स्क्रिन सटमा महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेतासँगको यात्रालाई आजबाट पूर्णरुपले विराम गरेको उल्लेख गरेका छन् ।

महतोले त्यसलाई खण्डन गर्दै लखेका छन् , ‘मेरो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु।’

यो पनि
चुनावी प्रचार अभियानमा किन चुके प्रचण्ड ?
मन्त्री मनाङेले कुटे कर्मचारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested