English

मन्त्री मनाङेले कुटे कर्मचारी



गण्डकीका खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपि, यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्विच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।

‘भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ,’ एक कर्मचारीले भने, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’

मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।

यो पनि…
आयोगको छलफलमा दलहरूबीच झन्डै हात हालाहाल

शुल्क तिरेर मतदाता नामावलीको विवरण लिन सकिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका