English

आयोगको छलफलमा दलहरूबीच झन्डै हात हालाहाल



निर्वाचन आयोगले दलहरूलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलबारको छलफलमा चर्काचर्की भएको हो ।

आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिबद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरूले आपत्ति जनाएर विरोध गरेका हुन् । दलहरूले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो ।

आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरूलाई छलफलमा बोलाएको भए पनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरू समेत उपस्थित भएका भन्दै केही दलहरूले आपत्तिसमेत जनाएका थिए ।

यो पनि
शुल्क तिरेर मतदाता नामावलीको विवरण लिन सकिने
७९ राजनीतिक दललाई आयोगले बोलायो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested