English

यी हुन् आईपीएलमा ‘ओरेन्ज क्याप’का दाबेदार पाँच खेलाडी



इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिता भारतमा जारी छ । जहाँ संसारभरका खेलाडी विभिन्न दश टोलीबाट आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।

आईपीएलमा हरेक वर्ष सबैभन्दा धेरै रन बनाउने ब्याटरलाई ‘ओरेन्ज क्याप’ दिने प्रचलन रहेको छ । यस सिजनमा केही ब्याटर चौका र छक्का प्रहार गरिरहेका छन् । जारी आईपीएलको छैटौं चरणका खेल जारी छन् र यसै चरणबाट केही खेलाडीले आफू ओरेन्ज क्यापको दाबेदारी भएको जनाएका छन् ।

पाँच ओरेन्ज क्यापमा हकदार

जस बटलर

राजस्थान रोयल्सका लागि ओपनिङ गर्ने इंग्ल्यान्डका ब्याटर जस बटलर यस वर्ष ओरेन्ज क्याप जित्ने सबैभन्दा बलिया दाबेदार हुन् । बटलरले आईपीएल-२०२२ मा एक सानदार शतक बनाएका छन् । उनले पाँच खेल खेल्दासम्म २७२ रन बनाएर ओरेन्ज क्याप जित्ने खेलाडीको सूचीमा आफूलाई शीर्षस्थानमा राखेका छन् ।

केएल राहुल

पछिल्लो दुई तीन आईपीएलमा ओरेन्ज क्यापको दाबेदारीमा सधै देखिएने नाम हो केएल राहुल । यस वर्ष समेत राहुलले आफूलाई दाबेदारीमा प्रस्तुत गरेका छन् । जारी आईपीएलमा उनले एक शतक प्रहार गर्दै ६ खेलमा २३५ रन बनाएका छन् र दाबेदारीको सूचीमा दोस्रो स्थानमा राखेका छन् ।

हार्दिक पाण्डे

यसपटक आईपीएलमा सबैलाई स्तब्ध पार्ने अर्को नाम हो हार्दिक पाण्डे । भारतीय अलराउन्डर तथा गुजरात टाइटन्सका कप्तानसमेत हुन् हार्दिक । हार्दिकले पाँच खेलमा २२८ रन बनाएका छन् र आफूलाई ओरेन्ज क्याप दाबेदारमा तेस्रो स्थानमा उभ्याएका छन् ।

लियाम लिभिङस्टोन

ओरेन्ज क्यापको दौडमा यसपटक पञ्जाब किंङ्सका घातक ब्याटर लियाम लिभिङस्टोनसमेत देखिएका छन् । उनले ६ खेलमा २२४ रन बनाएका छन् । जारी लिगमा आक्रामक खेलकै कारण इंग्ल्यान्डका यी खेलाडी दाबेदारमा रहेका हुन् ।

राहुल त्रिपाठी

सनराइजर्स हैदराबादका ब्याटर राहुल त्रिपाठी ओरेन्ज क्यापको दाबेदारमा रहने पाँचौ खेलाडी हुन् । जारी लिगमा राहुल राम्रो लयमा समेत छन् । उनले ६ खेल खेल्दा २०५ रन बनाएका छन् ।

यो पनि
दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो
आईपीएलमा हैदराबाद ७ विकेटले विजयी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested