English

युवा ब्याटर रोहितको कीर्तिमान



नेपालका मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् ।

एकदिवसीय खेलमा रोहितको यो पाँचौ अर्धशतक हो । यससँगै रोहितले नेपालबाट एक दिवसीय शृंखलामा सर्वाधिक अर्धशतकको कीर्तिमान रचेका छन् ।

उनले यसअघि ज्ञानेन्द्र मल्लको नाममा रहेको चार अर्धशतकको कीर्तिमानसँग बराबरी गरेका थिए । कीर्तिपुरस्थित टियु मैदानमा रोहितले ५४ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ५० रनमा खेलिरहेका छन् ।

७३ रनमा चार विकेटको स्थितिमा ब्याटिङका लागि आएका रोहितले आरिफ शेखसँग पाँचौ विकेटका लागि अविजित ६० रनको साझेदारी गरिसकेका छन् ।

यो पनि…
दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली क्रिकेट टिम
एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का