English

एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?



घरेलु मैदानमा हुने पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको एकदिवसीय शृंखला र त्रिदेशीय ट्वान्टी–२० शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले घोषणा गरेको १५ दुवै टिममा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले स्थान बनाउन सकेनन् । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एकदिवसीय र ट्वान्टी–२० शृंखला मार्च २५ देखि अप्रिल चारसम्म चल्नेछ ।

नेपालले त्रिदेशीय शृंखलाअघि पिएनजीविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्नेछ । एकदिवसीय शृंखलाका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोम, सुशासन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की छनोट भएका छन् ।

ट्वान्टी–२० शृंखलाका लागि घोषित नेपाली टिममा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलीपनाथ, लोकश बम, कुशल मल्ल र आदिल अन्सारी परेका छन् ।

यो पनि…
पीएनजीविरुद्ध नेपालको सानदार जित
जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested