English

बिहानको नास्ताले बनाउँछ दिनभरि ऊर्जाशील



बिहानको खाजा दिनको पहिलो आहार हो । दिनको शुरुवात गर्नको लागि, शरीरलाई ऊर्जा चाहिन्छ, जुन पौष्टिक स्वस्थ नास्ताबाट मात्र प्राप्त गर्न सकिन्छ । यद्यपि, मानिसहरू प्रायः दिनको सबैभन्दा महत्त्वपूर्ण आहार छोड्छन् ।

१२ घण्टाभन्दा बढीको अन्तरालपछि पहिलो खाना खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । बिहानको खाजा नखाँदा धेरै साइड इफेक्ट हुन सक्छन् । त्यसैले, बिहानको खाजा महत्त्वपूर्ण छ ।

वजन बढ्छ

जब तपाईं लामो समयसम्म भोको बस्नुहुन्छ । शरीर उच्च क्यालोरी खानाको लागि इच्छुक हुन्छ । त्यसपछि, आफ्नो भोक कम गर्न मीठो र चिल्लो खाना खानुहुन्छ । यसले तौल बढाउने काम गर्छ ।

मधुमेहको जोखिम

बिहानको खाजा खानुहुन्न र लामो समयपछि खानुहुन्छ भने रगतमा चिनीको स्तर अचानक बढ्छ जसले शरीरलाई ऊर्जा प्रदान गर्दछ । यस प्रक्रियामा, मानिसहरू टाइप २ मधुमेह विकासको उच्च जोखिममा हुन्छ ।

पाचन प्रणालीमा असर

हाम्रो शरीरलाई बिहान काम गर्न ऊर्जा चाहिन्छ । जब, तपाईं दिनको पहिलो आहार छोड्नुहुन्छ, यसले पाचन प्रक्रियालाई बाधा पु¥याउँछ र प्रक्रियालाई सुस्त बनाउँछ ।

प्रतिरक्षा प्रणाली कम हुन्छ

बिहानको खाजामा शरीरको प्रतिरक्षा प्रणालीलाई जगाउन, ब्याक्टेरिया र भाइरससँग लड्न आवश्यक पोषक तत्त्वहरू हुन्छन् । बिहानको खाजा नखाँदा तपाईंको प्रतिरक्षा प्रणालीले राम्रोसँग काम गर्न सक्दैन, जसका कारण तपाईं रोगको शिकार बन्नुहुनेछ ।

यो पनि…
हिँड्नुका फाइदा
उल्टो हिँड्दा हुने फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested