English

एपीएफ आहाराराको फाइनलमा



दश खेलाडीमा सीमित मछिन्द्र फुटबल क्लबलाई बुधबार ३-१ अन्तरले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहारारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।

सहिद स्मारक ए डिभिजन लिग लिडर मछिन्द्रलाई पराजित गर्ने क्रममा एपीएफका लागि सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले एक-एक गोल गरे। मछिन्द्रका ओमोलाजा करिमले सान्त्वना गोल गरे।

पराजित भएसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ। अब, उपाधिका लागि एपीएफले मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको विजेतासँग खेल्ने छ।

खेलको २५औँ मिनेट एपीएफले अग्रता बनाएको थियो। मणि लामाको फ्रि-किकमा सनिषले हेड गोल गरे। खेलको ४०औं मिनेटमा करिमले बराबरी गोल फर्काए। कप्तान रन्जित धिमालको फ्रि-किकमा करिमले बक्सबाट उत्कृष्ट हेड गर्दै बराबरी गोल गरे।

खेलको ६८ मिनेटमा एपीएफले पुनः अग्रता बनायो। यसपटक प्रदीप लामाले गोल गरे। कप्तान नवीन लामाले मैदानको दायाँ भागबाट गरेको क्रसमा बक्सभित्रबाट प्रदीपले मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीलाई बिट गर्दै सहज गोल गरे।

खेलको इन्जुरी समयको आठौँ मिनेटमा कप्तान नवीन लामाले गोल गर्दा एपीएफले सहज जित पायो। आभाष लामिछानेको प्रहार गोलरक्षक सूर्य अधिकारीले रोकेको रिबाउण्डमा नवीनले खाली पोष्टमा गोल गरे।

खेलको दोस्रो हाफमा मछिन्द्र १० खेलाडीमा सीमित भएको थियो। रेफ्री कविन्द्र व्यञ्जनकारविरुद्ध आपत्ति जनाउँदै ‘डेड बल’ हिर्काएपछि करिमले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए। प्रतियोगितामा दुबै टोली आफ्ना मुख्य खेलाडीविना मैदान प्रवेश गरेका थिए।

मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठसहित, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ती मगर, मनिष डाँगी, सुनील बल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन्। यता, एपीएफका आशिष लामा बन्द प्रशिक्षणमा रहेका छन्। प्रतियोगिताको दोस्रो सेमिफाइनमा बिहीबार हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल