English

‘खाजामा ग्वारामरी भनेपछि हुरुक्कै हुन्थेँ’



नायक सविन श्रेष्ठले एक्सन हिरोको छवि बनाएका छन् । चलचित्र ‘हमेशा’ बाट आफ्नो अभिनय यात्रा शुरु गरेका सविनलाई चलचित्र ‘हमेशा’ ले नै धेरै दर्शक माझ चिनायो ।

कुनै समय एकदमै व्यस्त कलाकारको सूचीमा पर्ने उनी अहिले भने युट्युबमा सविन श्रेष्ठ ब्लगमार्फत चर्चामा छन् । नायिका अनु शाहको प्रेम सम्बन्धको कारण पनि उनी बेलाबेलामा चर्चामा आइरहन्छन् ।

सविन श्रेष्ठको बाल्यकाल काठमाडौं, न्युरोडमा बित्यो । उनी सानोमा एकदमै चञ्चले स्वभावका थिए । बाल्यकालसँग जोडिएको हरेक कुरा उनलाई विशेष लाग्छ ।

बाल्यकालमा ग्वारामरी मलाई एकदमै मन पथ्र्यो । न्युरोडमा जन्मिएको र हुर्किएको भएर पनि होला बिहानको खाजामा म प्रायः ग्वारामरी खान्थेँ ।

आफ्नो बाल्यकाललाई सम्झँदै उनी भन्छन् । बाल्यकालमा हरेक कुराहरू विशेष लाग्ने गथ्र्यो । सानो–सानो कुराले पनि धेरै खुसी दिन्थ्यो । त्यो बाल्यकाल फर्केर त आउँदैन तर बाल्यकालको यादहरू भने सधैँ ताजा नै छन् ।

बाल्यकालको हरेक कुरा विशेष भएजस्तै बाल्यकालमा खाएको खानेकुरा पनि उनलाई विशेष लाग्छ । बाल्यकालमा खाएको खानेकुरामध्ये उनलाई ग्वारामरी एकदमै मनपर्छ ।

बाल्यकालमा खाएको खानेकुरा सम्झँदै उनी भन्छन् ‘बाल्यकालमा ग्वारामरी मलाई एकदमै मन पथ्र्यो । न्युरोडमा जन्मिएको र हुर्किएको भएर पनि होला बिहानको खाजामा म प्रायः ग्वारामरी खान्थेँ ।’

म सानो हुँदा बजारमा धेरै प्रकारका बिस्कुट तथा पाउरोटीहरू पाइँदैन थियो । पाउरोटी त पाइन्थ्यो तैपनि काटेर खानु पर्ने त्यही पनि त्यो सुक्खा हुने भएकोले मिठो लाग्दैनथ्यो तेलमा पकाएको ग्वारामरी नै बढी मन पर्थ्याे ।

त्यसो त उनलाई ग्वारामरी अहिले पनि उत्तिकै मन पर्छ, तर बाल्यकालमा खाएको ग्वारामरी भने विशेष लाग्ने उनी बताउँछन् । ‘म सानो हुँदा बजारमा धेरै प्रकारका बिस्कुट तथा पाउरोटीहरू पाइँदैन थियो । पाउरोटी त पाइन्थ्यो तैपनि काटेर खानु पर्ने त्यही पनि त्यो सुक्खा हुने भएकोले मिठो लाग्दैनथ्यो तेलमा पकाएको ग्वारामरी नै बढी मन पर्थ्याे ।’

अहिले पनि न्युरोड पुगेको बेला उनी ग्वारामरी ल्याएर खान्छन् । तर, बाल्यकालको जस्तो मिठो स्वाद नभएको सविन बताउँछन् । ‘मैले घरमा पनि बनाउने कोसिस गरे तर बाल्यकालमा खाएको त्यो न्युरोडको जस्तो मिठो ग्वारामरी भने बनाउन सकिनँ ।’

बाल्यकालमा बिहानको खाजामा प्रायः उनी ग्वारामरी खान्थे । अहिले पनि एकदमै ग्वारामरी खान मन लागेको बेला उनी आमालाई बनाउन लगाउँछन् । तर, सानोमा खाएको ग्वारामरी भने एकदमै विशेष लाग्ने उनी सुनाउँछन् ।

पहिलेजस्तो शुद्ध खानेकुरा आजभोलि पाइँदैन । त्यसैले, पनि उनलाई अहिले घरमा बनाएको खाना नै बढी मनपर्छ । त्यसैले, ग्वारामरी खान मन लागेको बेला पनि उनी आमालाई घरमै बनाउन लगाउँछन् ।

अहिले त शुद्ध खानेकुरा कहाँ पाइन्छ र ? हरेक कुरामा मिसावट हुन्छ । त्यसैले, घरमै बनाएको खानेकुरालाई बढी प्राथमिकता दिनुपर्ने सविन बताउँछन् ।

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम