English

पाचनक्रिया स्वस्थ राख्न खानुहोस् यी चिज



आजको समयमा खराब जीवनशैली र गलत खानपानका कारण धेरै सङ्ख्यामा मानिस पेटसम्बन्धी रोगको सिकार हुने गरेको छन् । कुनै पनि प्रकारको खाना खाँदा सानातिना कुरामा ध्यान दिनुभयो भने यो समस्याबाट बच्न सकिन्छ ।

जहिले पनि धेरै तेलयुक्त खानेकुरा खानु हुँदैन । सुत्नुभन्दा २–३ घण्टा अगाडि बेलुकाको खाना खाने प्रयास गर्नुपर्छ । यसबाहेक धेरै फास्ट फुड खानबाट समेत जोगिनुपर्छ ।

अपचको समस्या भएमा न त भोक लाग्छ न कुनै काम गर्न मन लाग्छ । यस्तो अवस्थामा धेरै मानिसले यसलाई ठीक राख्न औषधि सेवन गर्छन् । तर यस समस्याबाट छुटकारा पाउनको लागि केही चिजहरू छन् जुन सेवन गर्न सकिन्छ ।
पाचनसम्बन्धी समस्याबाट राहत पाउन खाना खाइसकेपछि खानुहोस् यी चिज :

सोंफ
सोंफलाई माउथ फ्रेसनरको रूपमा प्रयोग गरिन्छ । तर यसमा धेरै यस्ता तत्त्व पाइन्छन् जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । त्यसैले, खाना खाइसकेपछि अलिकति चपाएर खानुहोस् । यसो गर्नाले खाना सजिलै पचाउन सकिन्छ ।

अलैँची
हरियो अलैँची खाना, चियाको स्वाद बढाउन र सासको दुर्गन्ध हटाउन प्रयोग गरिन्छ । खानापछि हरियो अलैँची सेवन गर्नुभयो भने पाचन क्रिया ठीक हुन्छ ।

कागती पानी
कहिलेकाहीँ धेरै खाँदा पेट दुख्ने वा अन्य समस्या पनि हुन थाल्छ । यस्तो अवस्थामा तातो पानीमा कागतीमा कालो नुन र मरिचको धुलो मिसाएर पिउनुहोस्, यसले पाचन क्रियालाई राम्रो बनाउँछ ।

यो पनि…
आयुर्वेदिकभन्दा एलोपेथिक औषधिको आकर्षण किन ?

आम मानिसको पहुँचमा छैन स्वास्थ्य सेवा
नेपालको स्वास्थ्य क्षेत्रमा कसरी भित्रियो निजी क्षेत्र ?



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested