English

‘ए मेरो हजुर ४’को पहिलो दिन ८० लाखको ग्रस कलेक्श



बहुप्रतिक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले पहिलो दिन बम्पर ओपनिङ् गरेको वितरकले बताएका छन् । वितरण कम्पनी काफिया फिल्म्सका गोविन्द शाहीले दिएको रिपोर्ट अनुसार यो फिल्मले नयाँ बर्षको दिन देशभरबाट असी लाख ग्रस कलेक्शन गरेको हो ।

दक्षिण भारतिय फिल्म ‘केजीएफ २’को दबदबाकाबीच असी लाखको ग्रस कलेक्शनलाई बम्पर मान्न सकिन्छ । वितरकका अनुसार देशैभर शो टाइम पनि थप भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४३ लाख माथिको कलेक्शन रहेको शाहीले बताए ।

‘केजीएफ २’लाई मारामार शोहरु दिएका फिल्म हलहरुले ‘ए मेरो हजुर ४’लाई सौतेनी व्यवहार गरेका थिए । नेपाली फिल्मलाई अत्याधिक थोरै शोटाइन दिने तर विदेशी फिल्मलाई भने गैरकानुनी रुपमा मध्यराती देखि नै टिकट दर समेत नराखी ‘केजीएफ २’ चलाएपछि काठमाडौंका केहि हलहरुलाई चलचित्र विकास बोर्डले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

झरना थापाले निर्देशित ‘ए मेरो हजुर ४’ का अनमोल केसी र सुहाना थापाको जोडी हिट छ । अनमोल र सुहाना सहित सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो फिल्ममा अभिनय गरेका छन् ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested