English

चुनावी तालमेलको रणनीति बनाउँदै लोसपा



सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेर जाने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को प्रयास असफल हुने देखिएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रले गठबन्धन आवद्ध दलहरू बिचमा मात्रै साझा उम्मेदवार चयन गर्न सुझाव पेश गरेपछि लोसपाको प्रयास असफल हुने देखिएको हो ।

आफ्ना माग पूरा गराउन तथा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा लोसपा अध्यक्ष महन्थ ठाकुरले दुई–दुई पटक प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

कांग्रेस सभापति देउवा तालमेलका लागि सकारात्मक रहेको जनाउँदै भारत भ्रमणबाट फर्केपछि पुनः वार्ता गर्ने भनिरहेको बेला अनुगमन संयन्त्रले पाँच दल बिचमा मात्रै गठबन्धन गर्न सिफारिस गरे पछि लोसपाको सो प्रयास असफल हुने देखिएको हो ।

‘स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनका बिचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अघि बढ्ने’ सुझाव अनुगमान संयन्त्रले दिएकोे छ ।

सो सुझावका आधारमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका बिचमा मात्रै गठबन्धन हुने देखिएको छ ।

सोमबार बस्ने गठबन्धन शीर्ष नेतृत्वको बैठकले अन्यसँग पनि गठबन्धन गर्ने निर्णय नलिएको खण्डमा लोसपाको प्रयास अन्ततः असफल हुने देखिएको छ ।

‘अहिलेसम्म गठबन्धन गर्ने भनेर केन्द्रीय निर्णय भएको छैन, स्थानीय तहले आवाश्यक्ताका आधारमा चुनावी तालमेल गर्न सक्नेछन,’ केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने, ‘सत्तारुढ गठबन्धनसँग तालमेल नभए अन्यसँग तालमेलको ढोका भने खुल्ला रहेनछ, हामी छलफलमा नै छौं ।’

उनका अनुसार नेकपा एमालेसहित साना दलहरूसँग तालमेल गरेर अघि बढने बारेमा छलफल अघि बढाउन सकिने विकल्प भने अझै खुल्ला रहेको छ ।

यो पनि…
स्थानीय तह निर्वाचन : जनमत जुटाउन जुटे दलहरू

स्थानीय तह निर्वाचन : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

Latest










Popular
Suggested