English

चुनावी तालमेलको रणनीति बनाउँदै लोसपा



सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेर जाने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को प्रयास असफल हुने देखिएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रले गठबन्धन आवद्ध दलहरू बिचमा मात्रै साझा उम्मेदवार चयन गर्न सुझाव पेश गरेपछि लोसपाको प्रयास असफल हुने देखिएको हो ।

आफ्ना माग पूरा गराउन तथा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा लोसपा अध्यक्ष महन्थ ठाकुरले दुई–दुई पटक प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

कांग्रेस सभापति देउवा तालमेलका लागि सकारात्मक रहेको जनाउँदै भारत भ्रमणबाट फर्केपछि पुनः वार्ता गर्ने भनिरहेको बेला अनुगमन संयन्त्रले पाँच दल बिचमा मात्रै गठबन्धन गर्न सिफारिस गरे पछि लोसपाको सो प्रयास असफल हुने देखिएको हो ।

‘स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनका बिचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अघि बढ्ने’ सुझाव अनुगमान संयन्त्रले दिएकोे छ ।

सो सुझावका आधारमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका बिचमा मात्रै गठबन्धन हुने देखिएको छ ।

सोमबार बस्ने गठबन्धन शीर्ष नेतृत्वको बैठकले अन्यसँग पनि गठबन्धन गर्ने निर्णय नलिएको खण्डमा लोसपाको प्रयास अन्ततः असफल हुने देखिएको छ ।

‘अहिलेसम्म गठबन्धन गर्ने भनेर केन्द्रीय निर्णय भएको छैन, स्थानीय तहले आवाश्यक्ताका आधारमा चुनावी तालमेल गर्न सक्नेछन,’ केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने, ‘सत्तारुढ गठबन्धनसँग तालमेल नभए अन्यसँग तालमेलको ढोका भने खुल्ला रहेनछ, हामी छलफलमा नै छौं ।’

उनका अनुसार नेकपा एमालेसहित साना दलहरूसँग तालमेल गरेर अघि बढने बारेमा छलफल अघि बढाउन सकिने विकल्प भने अझै खुल्ला रहेको छ ।

यो पनि…
स्थानीय तह निर्वाचन : जनमत जुटाउन जुटे दलहरू

स्थानीय तह निर्वाचन : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested