अश्वमेध यज्ञमा किन छोडिन्छ घोडा ?



अश्वमेध यज्ञ हामी सबैले सुनिराखेका नै छौँ । अश्वमेध यज्ञ पौराणिक कालमा गरिने एक प्रकारको यज्ञ हो । यो यज्ञ पौराणिक कालका राजाहरूले सर्व सुख प्राप्तिको लागि गर्दथे । एक सय वटा अश्वमेध यज्ञ गरेमा स्वर्गको राजा हुन पाउने भएकाले कसैले सय अश्वमेध यज्ञ पुर्याउन लागेमा देवराज इन्द्रले यज्ञ बिथोलेका कथाहरू हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका छन् ।

अश्वमेधको निमन्त्रण स्विकार नगर्ने अथवा अश्वमेध गर्न नदिने मनसायका व्याक्तिहरूले घोडालाई समातेर घोडाको रक्षार्थ खटिएका सेनाहरूसँग युद्ध गर्ने नियम थियो ।

अश्वमेध यज्ञ गर्न पहिले श्यामकर्ण घोडालाई वैधिक विधिपूर्वक स्नान गराई आभूषाणादिले सिङ्गारेर घोडाको निधारमा अश्वमेध गर्ने राजाको वर्णन लेखिएको धातुको पातो टाँसी पृथ्वी भरमा निम्ताको लागि परिक्रमा गराइन्थ्यो ।

अश्वमेधको अश्वको रक्षाका लागि अश्वमेध गर्ने व्याक्तिका सेनाहरू पनि घोडासँग हिड्ने गर्थे । अश्वमेधको निमन्त्रण स्विकार नगर्ने अथवा अश्वमेध गर्न नदिने मनसायका व्याक्तिहरूले घोडालाई समातेर घोडाको रक्षार्थ खटिएका सेनाहरूसँग युद्ध गर्ने नियम थियो ।

घोडाको रक्षार्थ खटिएका सेनाहरूले घोडा समात्ने व्यक्ति तथा सेनासँग युद्ध गरेर घोडा छोडाउनु पर्ने नियम थियो । यसरी पूरा पृथ्वीको भ्रमण गरेर घोडा अश्वमेध गरिने राज्यमा फर्काएपछि वैधिक विधिपूर्वक अश्वमेध यज्ञ गरिन्थ्यो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

भारत संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश हो। यहाँ भारतको संविधान प्रत्येक राज्य, सहर, सहर र गाउँमा लागू हुन्छ र प्रत्येक

यो गाउँमा एक जना पनि पुरुष छैन । यहाँ महिला पूर्ण स्वतन्त्रताका साथ बाँचिरहेका छन् । यो गाउँमा महिलालाई बस्न

यस संसारमा यस्ता धेरै रहस्यमय ठाउँ र चीजहरू छन्, जसको बारेमा जान्दा मानिसहरू अचम्ममा पर्छन् । यी मध्ये कतिपय ठाउँ