English

युक्रेनका क्षेत्रमा सैन्य गतिविधि घटाउन रूस तयार



रूसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् ।

रूसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फोमिनको भनाइ आएको हो ।

‘आजको अर्थपूर्ण छलफलपछि हामी सहमत भएका छौँ र समाधानको प्रस्ताव राखेका छौँ । जसअनुसार सन्धि सुरु गर्दै राष्ट्र प्रमुखहरूको बैठक विदेशमन्त्रीहरूसँग एकैसाथ गर्न सम्भव छ’, मेदिन्स्कीले भने ।

प्रमुख रूसी वार्ताकारले अगाडि थपे, ‘शान्तिको सम्भावना धेरै नजिक हुनेछ ।’ युक्रेनी पक्षले ‘अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीअन्तर्गत स्थायी रूपमा तटस्थ राज्य’ बन्न तयार रहेको लिखित प्रस्ताव पेस गरेको उनले बताए ।

रूसी वार्ताकारले युक्रेनका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अन्तिम सम्झौतामा हस्ताक्षर गर्न चाहेकोसमेत बताएका छन् ।

यो पनि…
शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित छन् युक्रेनी
रूस-युक्रेन शान्ति वार्ता : कुन देशको कस्तो प्रतिक्रिया ?
वार्ताका लागि यी हुन् रूसका मुख्य माग
युद्धबारे जर्मनी, फ्रान्स र बेलायतलाई जेलेन्स्कीले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested