English

युक्रेन र रूसबीच मंगलबार टर्कीमा वार्ता हुने



युक्रेन र रूसबीच टर्कीमा वार्ता हुने भएको छ । भौतिक रूपमै दुई देशका अधिकारीहरूबीच मंगलबार वार्ता हुने भएको हो । टर्कीको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार राजधानी स्तानबुलमा वार्ता हुनेछ ।

आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवादमा स्तानबुलमा वार्ता गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए । स्तानबुलमा युक्रेन र रूसका वार्ता टोलीबीच हुने कुराकानीलाई महत्त्वका साथ हेरिएको छ ।

युद्ध अन्त्यका लागि आफूहरू तटस्थ हैसियतका सम्बन्धमा छलफल गर्न तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको परिवेशमा वार्ता हुन लागेको हो । रूस र युक्रेनबीच यसअघि पनि वार्ता भएको थियो ।

यो पनि…
पुटिन रहन सक्दैनन् : बाइडेन

रूस-युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested