English

पुटिन रहन सक्दैनन् : बाइडेन



अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘सत्तामा रहन नसक्ने’ बताएका छन् ।

युरोप भ्रमणमा रहेका बाइडेनले पोल्यान्डको राजधानी वार्साको एक कार्यक्रममा मन्तव्य राख्दै ‘ईश्वरका लागि पुटिन सत्तामा रहन सक्दैनन्’ भनेका हुन् ।

बीबीसीका अनुसार उनको भनाइमाथि क्रेमलिनले आलोचनात्मक प्रतिक्रिया जनाएको छ । क्रेमलिनले भनेको छ, ‘रूसको राष्ट्रपति रूसीहरूले छनोट गरेकाले पुटिन सत्तामा रहने वा नरहने निर्णय बाइडेनले गर्ने होइन ।’

लगत्तै ह्वाइट हाउसले बाइडेनको भनाइले शासन परिवर्तनको लागि आह्वान नगरेको बताउँदै स्पष्टीकरण दिएको छ । ‘राष्ट्रपतिले पुटिनलाई छिमेकी मुलुक वा कुनै पनि क्षेत्रमाथि शक्ति प्रयोग गर्न दिन नसक्ने बताएका हुन्’ एक अधिकारीले भने ।

रूसले युक्रेनविरुद्ध आक्रमण गरेको सन्दर्भमा यी भनाइहरू आएका हुन् । एक महिनाअघि सुरु भएको आक्रमण अझै जारी छ ।
यो पनि…
रूस-युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested