English

रूस-युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना



रूस र युक्रेनबीच द्वन्द्व जारी छ । महिना दिन पुगिसक्दासमेत युद्ध रोकिने अवस्था देखिएको छैन । रूसी सेना युक्रेनको राजधानी किभनजिकै छ ।

यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमाथिको आर्थिक प्रतिबन्धको जवाफमा आणविक हतियारहरू तैनाथ गर्न आदेश दिएका छन् ।

यो युद्धमा रूसले लिएको ठूलो निर्णय पनि हो । किनभने यदि रूसले आणविक हतियार प्रयोग गर्यो भने यसले दुई देशबीच परमाणु युद्ध सुरु गर्नेछ ।

अमेरिकाले पनि रूसलाई यस्तो नगर्न बारम्बार सुझाव दिइरहेको छ । जारी युद्धले युक्रेन मात्र नभइ रूस पनि प्रभावित बनेको छ । दैनिक उपभोग्य वस्तुमा महंगी बढेको छ भने मानिसहरू सुरक्षित स्थान खोज्दै अर्को देश पुगेका छन् ।

युक्रेनीहरू हंगेरी, पोल्याण्ड, जर्मनीलगायत पुगेका छन् । रूस र युक्रेनमा भएका आफ्ना नागरिक विभिन्न देशले ल्याइसकेका छन् । सुरक्षित स्थानमा पठाएका छन् । यहाँ हामीले बीबीसीको सहयोगमा रूस–युक्रेन द्वन्द्वको पछिल्लो अपडेट प्रस्तुत गरेका छौं ।

–जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा रूसी हमलालाई लिएर अमेरिका, ब्रिटेन तथा क्यानडाका नेताहरूले रूसको चर्को निन्दा गरेका छन् ।

–परमाणु केन्द्रस्थित एक भवनमा आगलागी भएपनि कुनै विकिरण नफैलिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले बताएको छ ।

–युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको छ ।

–पुटिनसँग जर्मन चान्सलर ओलाफ स्कॉल्जको एक घण्टालामो फोन वार्ता गर्दै तत्काल युद्ध रोक्न आह्वान गरेका छन् ।

मानवीय संकट गहिरिँदै गर्दा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न अपिल गरेका छन् ।

–युक्रेनमा गरेको अतिक्रमणको सशक्त प्रतिरक्षा गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले योजना अनुसार नै अगाडि बढिरहेको बताएका छन् ।

–रणनीतिक महत्त्वको युक्रेनी बन्दरगाह शहर मारिउपोलका अधिकारीहरूले रूसी फौजको भीषण गोलाबारीका कारण ऊर्जा र पानीको आपूर्ति रोकिएको बताएका छन् ।

–युक्रेनको दक्षिणी शहर एनर्गडारका मेयरले रूसी फौजको गोलाबारीपछि जापोरिज्या परमाणु ऊर्जा केन्द्रनजिक आगो लागिरहेको बताएका छन् ।

–युक्रेनी शरणार्थीलाई तीन वर्षसम्मका लागि विशेष अस्थायी सुविधा दिने विषयमा युरोपेली सङ्घमा आबद्ध देशका आन्तरिक मामिलामन्त्रीहरू सहमत भएका छन् ।

रूसी अतिक्रमण सुरु भएयता १० लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
यो पनि…
रूससँग वार्ताका लागि जेलेन्स्कीले के भने ?

युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको रूसको दाबी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested