English

रूससँग वार्ताका लागि जेलेन्स्कीले के भने ?



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमणकारी रूसी सेनालाई ‘शक्तिशाली धक्का’ दिएको दाबी गरेका छन् ।

‘हाम्रा वीर सशस्त्र सैनिकहरूले शत्रूलाई शक्तिशाली धक्का दिएका छन् । उनीहरूतर्फ उल्लेख्य क्षति भएको छ,’ सम्बोधनका क्रममा जेलेन्स्कीले भने ।

बीबीसीका अनुसार उनले युक्रेनमा आक्रमण सुरु भएयता १६,००० रूसी सेनाले ज्यान गुमाएको दाबी गरे पनि रूसले आफ्ना १,३५१ सैनिकको मृत्यु भएको बताएको छ ।

‘म हाम्रा रक्षकहरूप्रति आभारी छु जसले आक्रमणकारीलाई आँधी नआए पनि समुद्र शान्त हुँदैन भन्ने देखाएका छन्,’ जेलेन्स्कीले भने ।

‘रूसी कदमसँग प्रतिरोध गरेर हाम्रा रक्षकहरूले रूसी नेतृत्वलाई वार्ता जरुरी छ भन्ने सन्देश दिएका छन् ।’ उनले मारिऊपोलमा दशौँ हजार मानिसहरू खाना, पानी र न्यानोको अभावमा फसेको भन्दै उनीहरूको अवस्था भने खराब हुँदै गएको उल्लेख गरेका छन् ।

‘त्यो शहरको अवस्था दुःखद् छ साँच्चिकै दुःखद् । रूसी सेनाले त्यहाँ कुनै पनि मानवीय सहायता लैजान दिएको छैन,’ जेलेन्स्कीले भने ।

मारिऊपोलमा रूसी आक्रमणमा परेको नाटकघरमा ३०० जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । रूसले आक्रमण गर्दा उक्त भवनमा सयौँ मानिसहरूले आश्रय लिइरहेका थिए । तर रूसले त्यहाँ आफूले आक्रमण नगरेको दाबी गरेको छ ।

यो पनि…
युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको रूसको दाबी

रूसी पर्वतारोहीमाथि प्रतिबन्धन लगाउन नेपाललाई युक्रेनको अनुरोध
रूसले अब कस्तो हतियार प्रयोग गर्न सक्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested