English

रूस-युक्रेन शान्ति वार्ता : कुन देशको कस्तो प्रतिक्रिया ?



रूसी युक्रेनी वार्ताकारहरूले मंगलबार बिहान १०ः३० बजेपछि इस्तानबुलमा आमनेसामने वार्ता सुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ । दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए ।

दुई देशका प्रतिनिधिमण्डलले भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्ता गरेपछि प्रत्यक्ष भेट गरेको यो पहिलो पटक हो । रूस र युक्रेनबीच जारी द्वन्द्वमा २०,००० मानिसहरूलाई मारिएका छन् भने १० लाखभन्दा बढी विस्थापित भएका छन् ।

त्रासदी अन्त्य गर्न आग्रह
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रूसी र युक्रेनी प्रतिनिधिमण्डललाई यस त्रासदीको अन्त्य गर्न आग्रह गरेका छन् । आमनेसामने वार्ताले युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

‘दुई पक्षको चासो छ, अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव छ’ एर्डोगानले भने । ‘यस त्रासदीको अन्त्य गर्ने दुई पक्षमा निर्भर छ,’ उनले जोड दिदै भने, ‘द्वन्द्वको निरन्तरता कसैको हितमा छैन ।’

टर्कीले मार्च १० मा युक्रेन र रूसी विदेशमन्त्रीहरू बीचको पहिलो बैठक गत महिना युक्रेनको आक्रमणपछि दक्षिणी टर्कीको शहर अन्टाल्यामा आयोजना गरेको थियो ।

वार्तालाई समर्थन दिनुपर्ने
चीन परराष्ट्र मन्त्रालयले इस्तानबुलमा मंगलबार भएको रूस र युक्रेनबीचको वार्ताले सकारात्मक ऊर्जा दिएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता वाङ वन पिनद्वारा जारी विज्ञप्तिमा दुई मुलुकबीच शान्तिपूर्ण नतिजाका लागि भएको प्रयासको विश्व समुदायले प्रशंसा गरेकोमा जोड दिए ।

संकटको समाधान गर्ने सबभन्दा व्यवहारिक उपाय वार्ता भएको युक्रेनमा जारी युद्ध तथा विश्वको शान्तिपूर्ण र स्थिरता कायम राख्न संयुक्त, प्रशस्त, सहकार्य र दिगो सुरक्षा हुनुपर्ने अडान चीनले सधैं नै लिइरहने उनले बताए ।

रूसले कीभ, चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने
रसियाली रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको रूसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले मंगलबार जानकारी गराएका छन् ।

रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्ने निर्णय गरिएका समय रूसको उक्त निर्णय सार्वजनिक भएको हो । इस्तानबुलमा भएको रूस–युक्रेन शान्ति वार्ताको नयाँ चरणपछि फोमिनले यस्तो बताएका हुन् ।

मंगलबारको वार्तामा युक्रेनको तटस्थता र गैर–आणविक स्थितिका साथै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनले बताए ।

यो पनि…
वार्ताका लागि यी हुन् रूसका मुख्य माग

युद्धबारे जर्मनी, फ्रान्स र बेलायतलाई जेलेन्स्कीले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र