English

यस्ता छन घरमा मयूरको प्वाँख राख्नुका फाइदा



श्रीकृष्णलाई मयूरको प्वाँख अति प्रिय भएकोले लक्ष्मी, देवी, सरस्वती, इन्द्रदेव आदि देवतासँग पनि जोडिएको मानिन्छ । हिन्दू धर्म र वास्तु शास्त्रको साथसाथै अन्य धर्ममा यसलाई शुभको प्रतीक मानिन्छ । घरमा मयूरको प्वाँख लगाउनाले सुख शान्तिका साथै धनको कमी नहुने पनि जनविश्वास रहेको छ । यससँगै परिवारमा खुसीको वातावरण पनि ल्याउँछ ।

धन लाभ गर्न

घरको दक्षिणपट्टिमा मयूरको प्वाँख राख्नाले आर्थिक समस्याबाट मुक्ति मिल्छ । यसका साथै धनसम्बन्धी सबै समस्याबाट मुक्ति मिल्छ ।

स्वास्थ्य रहन

यदि, घरका सदस्यहरूको स्वास्थ्य लगातार बिग्रिन्छ भने मयूरको प्वाँखको पूजा गरी घरको पूर्व र उत्तर–पश्चिमको भित्तामा लगाउनुहोस् । यसबाहेक यसलाई आफ्नो खल्ती वा डायरीका राख्नले पनि स्वास्थ्यमा सुधार हुन्छ ।

खराब नजरबाट मुक्त

चाँदीको ताबिजमा मयूरको प्वाँख राख्नुहोस् र नवजात शिशुलाई लगाउनुहोस् । यसले दुष्ट नजरबाट बचाउनुका साथै घरमा राख्नले खराब नजरबाट बचाउँछ ।

सकारात्मक ऊर्जा

घरको मुख्य गेटमा तीनवटा मयूरको प्वाँख लगाई त्यसको मुनि गणेशको मूर्ति वा तस्विर राखेर मन्त्र लेख्नुहोस् । यसले नकारात्मक ऊर्जालाई घरमा प्रवेश गर्नबाट रोक्छ ।

घरमा सबै वास्तु दोष हट्छ

घरको दक्षिण र पूर्व दिशामा मयूरको प्वाँख लगाउनाले सबै प्रकारका वास्तु दोष हट्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested