English

सिक्दै, गाउँदै, नाच्दै कौरा



ऋषिङ गाउँपालिका-१ झापुटारका साजन गर्जा मगर कौरा नाच्न र गाउन हुरुक्कै हुन्छन् । १८ वर्षीय गर्जा पाँच वर्षदेखि ठाउँठाउँमा पुगेर मौलिक संस्कृति कौरामा प्रस्तुति दिँदै हिँडिरहेका छन् । कौरा प्रस्तुत गर्न उनी समूहसँगै गाउँघरमा हुने कार्यक्रमदेखि जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला महोत्सव र प्रतियोगितामा पुग्छन् ।

उनकै उमेर समूहका दौतारीहरूको समूह बनाएर कौरामा रमाइरहेका छन् । कौरा नाच्न गाउन उनले बाबुबाजेबाट सिकेको बताउँछन् । ‘पुर्खाले गाउँदै नाच्दै आएको संस्कृति हो । हामीले बाबुबाजेबाट नै सिक्यौँ । उहाँहरूसँगै हुर्कदै, नाच्दै गाउँदै सिकेका हौँ’, उनले भने । प्रशिक्षण लिएरभन्दा पनि गाउँघरमा भएका नाचगानबाट कौराको ज्ञान हासिल गरेको उनले जनाए ।

अन्य गीतको तुलनामा कौरामा प्रस्तुति दिँदा सन्तुष्टि मिल्ने उनी बताउँछन् । अगाडि थप्दै उनी भन्छन्, ‘कौरामा आफ्नै मौलिकता छ । आफैं बजाउँदै, गाउँदै नाच्ने भएकाले बढी मज्जा हुन्छ ।’ गाउँगाउँबाट कौराको मौलिकता र रौनकता हराउँदै गएकाले राज्यका अतिरिक्त मगर समुदायसँग सरोकार राख्ने संघसंस्था संरक्षणमा जाग्नुपर्ने गर्जाको सुझाव छ ।

भिमाद नगरपालिका–९ पाथर्दीकी समृद्धि थापा मगर बाबुबाजेहरूले खैँजेडीको तालमा स्वरमा स्वर मिलाएर कौरा गाउँदै नाच्दै गरेको माहोलमा हुर्किईन् । तर उनलाई कौरामा आकर्षण भएन । ज्ञान पनि थिएन । कौराबारे चासो नहुँदा उनले सिकिनन् पनि ।

गाउँगाउँबाट कौराको मौलिकता र रौनकता हराउँदै गएकाले संरक्षण जरुरी छ ।

गाउँमा सामुदायिक होमस्टे चलाउन थालेपछि समृद्धि र उनका उमेर समूहका युवायुवतीले मौलिक कौरामा नाच्न र गाउन सिकेका छन् । पाहुनालाई मौलिक संस्कृतिमा रमाउने वातावरण तय गर्न उनका दौँतरीहरू सिक्दै नाच्दैछन् । ‘पहिला खैँजेडीको तालमाभन्दा बढी रेकर्डेड कौरा स्पिकरमा घन्काएर नाचियो । होमस्टे चलाउन थालेसँगै मौलिक कौरा सिकेर नाच्दैँछौँ’, उनले भनिन् ।

कौराको मौलिकता र महत्त्व बुझ्न थालेपछि सिक्ने इच्छा झनै बढेको उनले सुनाइन् । आफ्नो समुदायको कला, संस्कृति र मौलिकता जोगाउन अब युवापुस्ताले चासो देखाउन जरुरत रहेको उनको ठम्याइ छ ।

मगर समुदायमा कौरा निकै प्रचलित छ । तनहुँको ऋषिङबाट कौराको उत्पत्ति भएको जानकारहरू बताउँछन् । पहिले पहिले कुनै गाउँका तरुनीले अर्को गाउँका तन्नेरीलाई कौरा नाच्न र गाउनलाई निम्तो पठाउँथे । निम्तो स्विकारेका तन्नेरीहरू कमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएर पुग्थे ।

मखमलको चोली, छिटको गुन्युँ, कम्मरमा पहेंलो, नीलो रंगको पटुका, गलामा कण्ठी, शिरमा शिरफुल र शिरबन्दीमा चिटिक्क परेर सजिन्थे तरुनीहरू । तन्नेरीले खैँजेडीको तालमा सामूहिक स्वर मिलाउँदै कौरा गाउने र तरुनीहरूसँग कम्मर मर्काउँदै खुट्टाको ताल मिलाउँदै छमछमी नान्चे प्रचलन थियो ।

साँझपख सुरु भएको कौराहाले रात छर्लंग पार्दथ्यो । बिहानपख सुरु भए साँझसम्म पनि कौराको रौनक हुन्थ्यो । गाउँघरमा रोधी घर र रोधी बस्ने चलन हराएसँगै निम्तो पठाएर दिनरात बिताएर कौरा नाचगान हुने प्रचलन हराएको छ । सांस्कृतिक कार्यक्रम, मेला, महोत्सव, प्रतियोगिता र होमस्टेहरूमा मात्र सुनिन्छ कौरा ।

दसैँदेखि सुरुवातदेखि जेठको दसहरासम्म कौरा नाचगान हुने याम हो । वैशाख पूर्णिमाको बेला कौराको रौनक झन् बढी हुन्छ । डिजिटलमा बजारमा आएको रेकर्डेड कौरा मौलिक कौरा नभएको संरक्षणकर्मीहरू बताउँछन् ।

मेला महोत्सव र प्रतियोगिताले कौरालाई जोगाउन केही हदसम्म भूमिका खेलेको मौलिक कौरा संरक्षण समिति तनहुँका अध्यक्ष सिजन थापा मगर बताउँछन् । ‘अहिले हामी नाचिरहन्छौँ । यसैमा हाम्रो भविष्य त छैन । आर्थिक रूपमा सक्षम बन्न सकिँदैन । विदेश पलायन हुनैपर्छ । त्यसैले कौरा संरक्षणमा राज्यपक्षले पनि ध्यान दिन जरुरी छ’, उनले भने ।

पहिला मनोरञ्जनका लागि रोधीको विकल्प नभएकाले कौराको रौनक गाउँगाउँमा भएकोमा आहिले प्रविधिको विकासले मौलिक संस्कृतिको रौनक हराउँदै गएको उनको बुझाइ छ । कौरा देवीदेवता सम्झिएको अन्तराबाट सुरु हुन्छ ।

देवीदेवतालाई सम्झिएपछि विस्तारै गीतबाटै चिनजानका कुरा हुन्छन् । जिस्कने, ख्यालठट्टा, मायापिरती लाउने कुरा हुँदै जीवनका भोगाई पनि गीतमा समेटिन्छ । अन्तमा विछोडको गीत गाएर छुट्टिन्छन् तन्नेरी र तरुनीहरू । कौराको एक अन्तरा पूरा गर्न झन्डै आधा घन्टा समय लाग्दछ ।

ऋषिङ उद्गमथाले भएको कौरा आसपासका जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा, नवलपुर, चितवनमा पनि प्रचलित छ । ऋषिङको कोटदरबारबाट करिब अढाई सय वर्ष अगाडि कौराहको सुरुवात भएको जानकारहरू बताउँछन् । कानराहबाट अप्रभंश भई कौराहा भयो । कतिपयले कौरा, कौडा पनि भन्छन् ।

दसैँदेखि सुरुवातदेखि जेठको दसहरासम्म कौरा नाचगान हुने याम हो । वैशाख पूर्णिमाको बेला कौराको रौनक झन् बढी हुन्छ । डिजिटलमा बजारमा आएको रेकर्डेड कौरा मौलिक कौरा नभएको संरक्षणकर्मीहरू बताउँछन् ।

यो पनि…
‘कलाकारिताले समाजमा पारेको प्रभावलाई सम्मान गर्नुपर्छ’– बिनिता बुद्धाचार्य (भिडियाे पनि)

रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)
नेपाली फिल्मले होलीलाई दिएको छ महत्त्व



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested