English

कौराहामा छमछमी (फोटो फिचर)



३ चैत तनहुँको ऋषिङ उद्गमथलो मानिएको मौलिक लोक संस्कृति कौराहा कोरोना कहरले सार्वजनिक कार्यक्रममा गुञ्जन छाडेको थियो । मगर समुदायमा प्रचलित कौराहा कोरोनाको कारण गाउँघरमा पनि कमै गुञ्जियो । कोरोनाको त्रास कम भएर जनजिवन सामान्य बन्दै गएपछि विहिबार दिउँसोदेखी साँझसम्म भिमाद बजारमा मौलिक कौराहा गुञ्जियो ।

नेपाल मगर संघ भिमादले आयोजना गरेको खुल्ला कौराहा प्रतियोगितामा तनहुँको भिमाद नगरपालिकासँगै ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न स्थानबाट आएका प्रतियोगि समुहले आ–आफ्नो गाउँघरमा प्रचलित कौराहा गाँउदै छमछमी नाचे । पुरुषहरुले खैँजेडीको तालमा सामुहिक स्वर मिलाउँदै कौराहा गाए ।

तरुनीहरुले कम्मर मर्काउदै खुट्टाको तालमा ताल मिलाउदै नाँचे । कौराहा गाउने र नाच्नेमा युवापुस्ताको बाहुल रहेको थियो । मौलिक कौराहाको संरक्षणका लागि प्रतियोगिता आयोजना गरेको नेपाल मगर संघ भिमादकी अध्यक्ष पवित्रा थापा मगरले बताईन् । ‘कौराहा संरक्षणसँगै नयाँ पुस्तालाई ज्ञान हस्तानतरण गर्ने जमर्को गरेका हौँ’, उनले भनिन् ।

यो पनि…
उपत्यकामा ट्राफिक चेकजाँच कडा (फोटो फिचर)
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास जलेर ध्वस्त भएको छ

Latest










Popular
Suggested