English

हुम्लीको फरक संस्कृति, राक्षस भुलाउन नृत्य



हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका-१ र २ ठेहे गाउँमा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व सुरु भएको छ । बिहीबारदेखि सुरु भएको यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन् ।

ठेहे गाउँनजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो (देउडा) खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको ६३ वर्षीय मैना बोहराले बताइन् ।

परापूर्वकालमा फागुन १२ गतेकै दिन राक्षसले महिलालाई भगाएर लगेपछि त्यसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै जाने गर्दा राक्षस भुलिएको उनकोे भनाइ छ । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलालाई राक्षसले उठाएर लिने भएकाले यो पर्वमा माने नाच पनि गर्ने गरिन्छ ।

दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको बोहोराले बताइन् । यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो गाडोले बनेको दौरा लगाएर बोहरा भण्डारी दुई जातिले प्रतिस्पर्धाका रूपमा तरबार समातेर नाच देखाउने गरेको अर्का स्थानीयवासी कुम्मेर भण्डारीले जानकारी दिए ।

यो पर्वमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपडा लगाएका पुरुषले खरानीका पोका बनाएर महिलाले गाइरहेको स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् । पर्वमा काठका सामग्रीबाट बनाइएको घोडा चडेर नृत्य पनि गरिन्छ ।

यो पर्वमा गाउँ नजिकैको पाइकपर्ने स्थानमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपडा लगाएका पुरुषले खरानीका पोका बनाएर महिलाले गाइरहेको स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् । पर्वमा काठका सामग्रीबाट बनाइएको घोडा चडेर नृत्य पनि गरिन्छ । एक दुई दिन पैदल हिँडेर पनि यो पर्वमा रमाइलो हेर्न महिला र पुरुषले पुराना धातुका गहना लगाएर ठेहेमा आउँछन् ।

ठेहे गाउँमा मात्र मनाइने दुर्लभ पर्व पछिल्लो समय लामा समुदाय, अन्य गाउँ बस्तीमा रहेका क्षेत्री समुदायले पनि चाडपर्वका रूपमा मनाउने गरेका छन् । केही वर्ष यतादेखि फागुन १२ गतेकै दिन जिल्ला सदरमुकाम सिमकोटमा पनि यो पर्व मनाउँदै आएको छ । विशेष पर्वका रूपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाउने गर्दछन् । श्रीमान्को मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरूले गाउँको सार्वजनिकस्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाउँछन् ।

चैतलो वर्षलाई यहाँका महिलाले पहेँलो बस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रूपमा खेल्ने गरिन्छ । वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि यसलाई मनाउने गरिन्छ । गाउँगाउँ, टोलटोलबाट पहेँलो बस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो ।

यो पर्वमा गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुणगान गाउने र गीतनाच खेल्ने गरिन्छ ।

यो पनि
‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ !’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

Latest










Popular
Suggested