मौलाउँदै छ,मौलिक पहिरन



आधुनिकतासँगै मौलिक पहिरन मौलाउँदै छ पार्टी, भोज, सभा, समारोहमा पहिरनले ठाउँ पाएको देख्न सकिन्छ । पछिल्लो समय मोडिफाई पहिरन फेसन बन्दै गएकाले माग बढ्दो छ । पश्चिमी मुलुकको प्रभावले युवा वर्गमा मोडिफाई पहिरनको प्रयोग बढेको व्यवसायी मणि कृष्ण श्रेष्ठ बताउँछन् । ‘नयाँ युवापुस्ताले मौलिक पहिरनलाई नयाँ रूप, नयाँ डिजाइन गरेर लगाउन रुचाउँछन्, उहाँहरूको मागअनुसार पहिरन तयार गर्छौं ।’ व्यवसायी श्रेष्ठले भने ।

समुदायको पहिचान जोगाउन केही हदसम्म पहिरनले सहयोग गर्ने समाजशास्त्री तिलक विश्वकर्माको भनाइ छ । ‘पहिरनले पहिचानको आन्दोलनमा सघाउ पुर्याउँछ,’ समाजशास्त्री विश्वकर्मा भन्छन्, ‘सामाजिक सक्रिय परिवर्तन सिद्धान्तका अनुसार पहिरन मात्र होइन, हाम्रो संस्कृतिमा पनि फेरबदल हुन्छ ।’

‘समुदायको पहिरन भूमि, सांस्कृतिक, मूल्य र मान्यतासँग सम्बन्धित छ,’ उपाध्यक्ष छन्त्याल भन्छन्– ‘कुनै जात वा समुदाय आफ्नो भौतिक धरातल, हावापानी र स्थानीयस्तरमा पाइने स्रोत साधनअनुसारको पहिरनको विकास गरेका हुन्छन् ।’

समाजशास्त्री विश्वकर्माका अनुसार पहिरन, पहिचानसँग र पहिचान, मानव अधिकारसँग जोडिएको छ । जाति विशेषको पहिचान पहिरनमार्फत् जोगाउन सकिने चेतना भएर पहिरन लगाउने ट्रेन्ड बढेको समाजशास्त्री विश्वकर्मा बताउँछन् । ‘१०–१२ वर्ष पहिला नेपाली समाजमा दौरासुरुवाल लगाएर बिहे गर्ने चलन थियो,’ समाजशास्त्री विश्वकर्माले भने, ‘त्यसपछिको केही वर्ष कोट र पाइन्ट लगाउन थाले, हाल आएर फेरि दौरासुरुवालकै चलन बढेको छ ।’

जात वा समुदायको चिनारी भाषा, रहनसहन, खानपिन र पहिरन हो । समुदायको पहिरन एक पहिरन मात्र नभई पहिचान रहेको आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल बताउँछन् । ‘समुदायको पहिरन भूमि, सांस्कृतिक, मूल्य र मान्यतासँग सम्बन्धित छ,’ उपाध्यक्ष छन्त्याल भन्छन्– ‘कुनै जात वा समुदाय आफ्नो भौतिक धरातल, हावापानी र स्थानीयस्तरमा पाइने स्रोत साधनअनुसारको पहिरनको विकास गरेका हुन्छन् ।’

२०४६ सालको जनआन्दोलनपछि विभिन्न जातिले मौलिकताको पहिचान खोज्न थाले । जातीय पहिचानको मुद्दा आंशिकरूपमा राजनीतिले बोक्न थालेको उपाध्यक्ष छन्त्यालको भनाइ छ । ‘३० वर्ष पहिलेसम्म जातीय विशेष मेला, सभा–समारोह हुँदैनथिए, आजभोलि पहिचानको लागि पर्व विशेष मेलाहरू लाग्न थालेका छन् ।’ उपाध्यक्ष छन्त्याल भन्छन्– ‘जाति विशेष मेला लाग्नु आफ्नो पहिचानको खोजीमा जागरुक हुनु हो ।’

मोडिफाई हुँदै पहिरन

इन्जिनिरिङ र कानुन विषयमा डिग्री हासिल गरेका व्यवसायी श्रेष्ठले मौलिक पहिरनको १० वर्षको कलेक्सन छ । मौलिक पहिरन मोडिफाई हुनु पहिचानको लोप हुनु श्रेष्ठको भनाइ छ । ‘व्यावसायिक रूपले हामीले यसलाई मागअनुसार परिवर्तन नगरे व्यापार नै हुँदैन,’ श्रेष्ठले थपे, ‘युवा पुस्तामा वेस्टर्न ड्रेसको एकदम धेरै प्रभाव छ, जसकारण सोहीअनुसार डिजाइन गरेको ड्रेस लगाउन रुचाउनुहुन्छ ।’

मौलिक पहिरन लगाएर सभा–समारोहमा सहभागिता जनाउँदा हेर्ने दृष्टिकोण फरक रहेकाको मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर बताउँछन् । ‘मौलिक पहिरन लगाएर कुनै सभामा सहभागी भएमा कलाकार नै होला भन्ने धारणा छ ।’ मगरले भने ।

‘मौलिकताको खोजी हुनु राम्रो हो, तर मौलिक पहिरन टिपिकल नहुनु बजारले, आधुनिकताले प्रभाव पारेको छ,’ छन्त्यालले भने– ‘समय र परिस्थितिअनुसार परिवर्तन हुँदै जान्छ ।’

‘ग्लोबल भिलेज’ को अवधारणाले मौलिक पहिरनमा प्रभाव परेको छ । जसकारणले पहिरनहरू मोडिफाई भएको उपाध्यक्ष छन्त्यालको बुझाइ छ । ‘मौलिकताको खोजी हुनु राम्रो हो, तर मौलिक पहिरन टिपिकल नहुनु बजारले, आधुनिकताले प्रभाव पारेको छ,’ छन्त्यालले भने– ‘समय र परिस्थितिअनुसार परिवर्तन हुँदै जान्छ ।’

समाज परिवर्तन भइरहने हुँदा, जहाँबाट परिवर्तन हुन्छ, त्यही विन्दुमा समाज पुनः पुग्ने हुन्छ । हालको समयमा पश्चिमी पहिरनको प्रभाव पर्नु परिवर्तनको ढाँचाको झुकाव रहेको समाजशास्त्री विश्वकर्मा बताउँछन् ।

संरक्षणको बाटो

पहिचान जोगाउनु चुनौतीपूर्ण छ । जाति विशेष पहिरन मोडीफाई हुँदै जानुमा मौलिक पहिरनमा संकट आउने जानकार बताउँछन् । बाहिरी प्रभावले गर्दा जीवनको कुनै विशेष कार्यक्रममा बाहिरी पहिरन नै लगाएको देखिन्छ । तर, विशेष दिनमा मौलिक पहिरन लगाएमा संरक्षण गर्न सकिने महासचिव मगरको भनाइ छ । ‘आफ्नो पहिचान जोगाउन युवा वर्गले आफ्नो पहिरनमा हिनताबोध नगरी गर्व गर्नुपर्छ ।’ मगरले थपे, ‘विद्यालयस्तरबाट नै मौलिक पहिरन, भाषा, संस्कृति सिकाउनुपर्छ ।’

बाहिरी परिवेशसँगै परिवर्तनलाई नकार्न नसकिने, तर आफ्नो पहिरनलाई जर्गेनाका लागि युवा स्वयं नै जागृत हुनुपर्ने व्यवसायी श्रेष्ठको भनाइ छ ।

राजावादीदेखि गणतन्त्रका दलसम्म, एयरलाइन्सदेखि दोहोरी साँझसम्म मौलिक पहिरनलाई ‘एक्पोज’ गरिन्छ । तर, त्यो एक्पोज नभएर ‘एक्पोलाइटेसन’ रहेको उपाध्यक्ष छन्त्याल बताउँछन् । ‘पहिरनको प्रयोग गर्दा सम्बन्धित समुदायसँग छलफलको आवश्यक छ ।’ उपाध्यक्ष छन्त्यालले भने ।

सांस्कृतिक र प्राकृतिक पर्यटनलाई प्रावधान गर्ने आयाम हुन् । राज्यले यसको संरक्षण संवद्र्धन गर्ने ठोस नीति बनाउन आवश्यक रहेको छन्त्यालको माग छ ।

उपत्यकामा यहाँ पाइन्छ पहिरन

नेवारी पहिरन र गहना


नेवार समुदायको मौलिक पहिरन आफैँमा सुन्दर छ । भक्तपुरलाई विशेष नेवार जातिको बसोबास गर्ने थलो हो । यस क्षेत्रमा नेवारी समुदायको कलासंस्कृतिले पर्यटक लोभ्याउँछ । जसमध्ये मौलिक पहिरन पनि एक हो ।

सोही पहिरनलाई युवा पुस्तामाझ पु¥याउन पुनम चौगुथीले वंशगोपालस्थित ‘नेवारी सप’ सञ्चालन गरेकी छिन् । ‘अहिले पश्चिमी मुलुकका पहिरन प्राथमिकतामा छ, त्यही भएर मौलिक पहिरनको महत्व कम हुँदै गएको हुँदा व्यवसायीको दृष्टिकोणले हेर्दा लोप हुने कुराहरूको महत्व बढी हुने भएकाले यो व्यवसाय शुरु गरेको हुँ’ चौगुथीले भनिन्, उनले भक्तपुरकै बासिन्दा भएकाले पनि पहिरनको संरक्षण गर्नुपर्ने भन्ने अवधारणाले गर्दा यस्तो व्यवसायको अवधारण आएको बताइन् । यस क्षेत्रमा नेवार समुदायको बाक्लो बस्ती छ ।



हालको परिस्थितिमा पनि नेवार पहिरनलाई प्रथामिकता दिन्छन् । चौगुथीको पसलमा महिलाको लागि सारी, चोलो, ब्लाउज, कुर्था सुरुवाल, गाउन पाइनुका साथै बच्चाका लागि स्कर्ट र पुरुषका लागि दौरा सुरुवालको सेट, टिसर्ट र सर्ट मौलिक तयारी पोसाक पाइन्छ ।

यसका साथै गहनामा न्यपुस्तिखा, चन्द्रमा, मकासी, भीमपाउ, चाँदीको सिक्री, तयोमाला लगायतका सामग्रीहरू पाइन्छ । यी सामग्रीहरू किन्दा साइज, डिजाइन र गुणस्तरका आधारमा मूल्य लाग्ने चौगुथी बताउँछिन् ।

उपत्यकामै पाइन्छ पूर्वी तराईदेखि पश्चिमी थारूसम्मको पहिरन

पूर्वदेखि पश्चिम तराईका थारू समुदायको उपत्यककामा बसोवास छ । सोहीलाई मध्यनजर गरी थारू समुदायको मौलिक पहिरनलाई विगत चार वर्षदेखि उपलब्ध गराउँदै आएकी छिन् सुशीला चौधरी । काठमाडौंको आलोकनगरमा ‘सुसेली कलेक्सन’ सञ्चालन गरेकी उनले फेसन डिजाइनिङमा स्नातक गरेकी छिन् ।

अध्ययनकै क्रममा चौधरीले पहिरनलाई जर्गेना गर्न सकिने र यसैबाट जीवन चलाउन सकिने आँट आएपछि व्यवसाय सञ्चालन गरेकी सुनाउँछिन् । ‘ड्रेसका लागि आउने अर्डरमध्ये ५० प्रतिशत थारू ड्रेस नै हुन्छ’, चौधरी भन्छिन्– ‘सुटिङका लागि अन्य कल्चरका ग्राहकले थारू कल्चरल ड्रेस डिजाइन गर्न भन्नुहुन्छ ।’

चौधरीले अर्डरअनुसार पूर्वदेखि पश्चिममा बासोबास गर्ने थारू समुदायकोे पहिरन तयार गर्ने बताउँछिन् । पहिरनको गुणस्तर र डिजाइन हेरेर पाँच सयदेखि ४५ हजार रुपियाँ लाग्ने चौधरीको भनाइ छ । थारू लेहेंगा, चोली लगायतका मागअनुसार पहिरन तयार गर्छिन् ।

यहाँ पाइन्छ जाति विशेष मौलिक पहिरनदेखि गहना

उमेरले ६१ पुगेका व्यवसायी श्रेष्ठको पसल ‘प्रेम दाइको कपडा पसल’ नामले चर्चित छ । पकनाजोलस्थित उनको पसलमा मगर, गुरुङ, तामाङ, राई, लिम्बू, नेवार, थारू समुदायको पहिरन पाइन्छ । मणिका बाबु–बाजेदेखिको यो व्यवसाय विगत ७५ वर्षदेखि सञ्चालनमा छ । जाति विशेष पहिरनदेखि गहनासम्म खरिद गर्नका लागि कम्तिमा तीन हजार र बढीमा ७–१० हजार रुपियाँ लाग्ने श्रेष्ठ बताउँछन् ।

याे पनि…
होलीको मौलिक परिकार : तराई र पहाडमा फरक- फरक
अब समाजले नसोधोस्–‘रातो सारी, चुरा पोते किन नलाको ?’ (भिडियो पनि)
युवा पुस्ताको उदासिनताका कारण लोप हुँदै ‘छन्त्याल भाषा’
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
साक्षर नारीनै हिंसामा, निरक्षरको त गणनै छैन
महिला ‘बरघर’ले चलाएको थारू समाज
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !



...
अनामिकाको खोजी - Mero LifeStyle Mero LifeStyle

[…] पनि…मौलाउँदै छ,मौलिक पहिरनलोक सर्जक खेम सेन्चुरीको नजरमा […]

...
बच्चन परिवारमा पुनः कोरोना फैलियो, को-को भए संक्रमित - Mero LifeStyle Mero LifeStyle

[…] पनि…मौलाउँदै छ,मौलिक पहिरनरंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे […]

...
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि) - Mero LifeStyle Mero LifeStyle

[…] पनि…मौलाउँदै छ,मौलिक पहिरनरंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे […]

...
'बन्दिपुरैमा': अमेरिकामा गीत,नेपालमा संगीत अनि युट्युबमा हिट (भिडियाे पनि) - Mero LifeStyle Mero LifeStyle

[…] पनि…मौलाउँदै छ,मौलिक पहिरनरंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोभिड–१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले

कोरोना भाइरसको बढ्दो प्रकोपको बीचमा यसबारे भएरहेको अनुसन्धान बहस (कोरोना सम्बम्धित अध्ययनमा नयाँ–नयाँ जानकारी बाहिर आएको छ । यो खतरनाक

कोरोनाको तेस्रो लहरले फेरि संक्रमितको संख्या उकालो लाग्ने क्रम बढ्दो छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमितको संख्या दोब्बर

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले

Suggested