होलीको मौलिक परिकार : तराई र पहाडमा फरक- फरक



रङको पर्व होली नमनाउने र मन नपराउने कमै होलान् । वर्षमा एकदिन रङको प्रयोग गरी मनाइने यो पर्व ठाउँअनुसार भिन्न–भिन्नै तरिकाले मनाइन्छ । होलीमा खाना पनि आफ्नै तौर–तरिकाले पकाएर खाने चलन छ ।

मिथिला समुदायमा होलीमा खासगरी मालपुवा पकाएर खाने चलन रहेको धर्मदेव यादव बताउँछन् । मिथिला समुदायमा साथीभाईसंग रमाइलो गर्न होलीमा विभिन्न थरी परिकार खाइन्छ तर प्रसादको रूपमा मालपुवा खाइन्छ । रामले रावणलाई वध गरेर आएपछि सत्यको जित भएको भन्दै रङ लगाएर खुशीयालीमा रङ,अविर लगाएर होली मनाइने किम्वदन्ती मिथिला समुदायमा रहेको धर्मदेव यादव बताउँछन् ।

यसैगरी डंगौरा थारू समुदायमा होलीको अघिल्लो दिन सुँगुर मारिन्छ, जसलाई ‘जिता मार्न’ भनिन्छ । जिता मारेर गाउँ भरीका मान्छेले मासु बाँडेर खाने चलन रहेको बताउँछन् थारू नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरी ।

यसैगरी पहाडी समुदायमा होलीको दिन आफ्नो घरपरिवार, साथीभाईसंग रङ,अविर लगाएर एकअर्कासंग खुसियाली साटासाट गरिन्छ । यो दिन खानामा खसीको मासु, रोटीको परिकार वा आफ्नो ईच्छा लागेको अन्य खाने परिकार पकाएर खाने चलन रहेको त्रिचन्द्र क्याम्पसका प्राध्यापक दैलेखका डा. मधुसुदन गिरी बताउँछन् ।

होलीको दिन समूह–समूह बनाएर गाउँको एक–एक घर गएर होलीको गीत ढमार गाउँदै, नाच्दै होली मनाइन्छ ।

यसैगरी राना थारू समुदायले होलीमा सुँगुरको मासु, माछा र रोटी लगायत खाने परिकार खाइने लक्ष्मण राना बताउँछन् । होली विशेषको खानालाई ‘हाटकना’ भनिन्छ । उनका अनुसार पहिले यसरी आफ्ना ईष्टमित्रलाई बोलाएर महिना दिन होली खेल्दै खाना खाने चलन थियो । तर, केही वर्ष यता होली मनाउने चलन साँगुरिदै गएको छ ।

यसैगरी डंगौरा थारू समुदायमा होलीको अघिल्लो दिन सुँगुर मारिन्छ, जसलाई ‘जिता मार्न’ भनिन्छ । जिता मारेर गाउँ भरीका मान्छेले मासु बाँडेर खाने चलन रहेको बताउँछन् । थारू नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरी ।

उनका अनुसार होलीको दिन समूह–समूह बनाएर गाउँको एक–एक घर गएर होलीको गीत ढमार गाउँदै, नाच्दै होली मनाइन्छ । होलीमा मालपुवाझैं बरिया परिकार अनिवार्य पकाइन्छ । बरिया मिठाइ हालेको र सादा गरी दुई प्रकारको हुन्छ । होली खेल्न गएकालाई रक्सी, ढिक्री र सिढ्रा (सुकाएको माछा) लगायत परिकार खान दिइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आजको व्यस्त जीवनशैलीमा मानिसलाई तनाव र डिप्रेसन हुनु सामान्य कुरा हो । साथै तनावका कारण निद्रा नलाग्ने समस्या पनि हुन्छ

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

संसारमा पूरा दिन २४ घण्टाको हुन्छ, जसमा दिनको १२ घण्टा र रातको त्यति नै घण्टा हुन्छ। दिनको पछि रात र

गर्मी मौसम नजिकिँदै गर्दा छाला सम्बन्धी समस्या पनि मानिसमा देखा पर्न थालेको छ । वास्तवमा, हामी सबैले जाडोमा चर्को घामबाट